२५ बैशाख २०८१, मंगलवार
 |   Tue May 7 2024
Logo

हमाससँगको युद्धले थलिदैँ इजरायली अर्थतन्त्र, प्रत्येक दिनको युद्ध खर्च २६९ मिलियन डलर



एजेन्सी । प्यालेस्टिनी लडाकु समूह हमाससँगको युद्धले इजरायललाई दिनमा कम्तिमा २६९ मिलियन (२६ करोड ९० लाख युएस डलर) खर्च गरिरहेको छ । जसले गर्दा द्वन्द्वको तुलनामा देशको अर्थतन्त्रमा कडा असर पर्ने बताईएको छ । युद्धको समग्र लागत २०० बिलियन शेकेल अर्थात् (५३.५ बिलियन) युएस डलर (५३.५ अर्ब डलर) बिलियन सम्म पुग्ने आकन गरिएको छ । जीडीपीको लगभग १० प्रतिशत इजरायलको आर्थिक भविष्यलाई खतरामा पार्ने, इजरायलको राष्ट्रिय सुरक्षा अध्ययन संस्थानले प्रक्षेपण गरेको छ । यो खर्चपछि इजरायलको लागि आर्थिक झट्का आउने ठानिएको छ । कम लगानी, श्रम बजारमा अवरोधहरू र उत्पादनमा सुस्त वृद्धि हुने अर्थशास्त्रीहरूले चेतावनी दिएका छन् ।

अर्थतन्त्रमा द्वन्द्व र द्वन्द्वको अघिल्लो एपिसोडहरूमा भन्दा बढी गम्भीर हुन सक्ने अर्थशास्त्रीहरु बताउँछन् । एक समाचार एजेन्सी मूडीजका अनुसार इजरायलको लागि आर्थिक बोझ अघिल्ला सैन्य अपरेशनहरू जस्तै २०१४ को सुरक्षात्मक किनारा वा २००६ को दोस्रो लेबनान युद्ध, जुन ३४ दिनसम्म चलेको थियो र लगभग २.५ बिलियन (२.५ अर्ब युएस) प्रत्यक्ष लागत लागेको थियो । एक बढ्दो आर्थिक मन्दीले इजरायली अर्थतन्त्रमा ३ प्रतिशत बृद्धि हुने अपेक्षा गरिएकोमा २.५ प्रतिशतमा सीमित हुने देखिएको छ भने २०२४ मा यो बृद्धिदर १.५ प्रतिशतमा सीमित हुने बताईएको छ ।


प्रतिक्रिया दिनुहोस !