१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

सुनको मूल्य हालसम्मकै उच्च



काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा मंगलबार नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेर हालसम्मकै उच्च भएको हो । छापावाल सुन तोलाको एक लाख १७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्म उच्च कारोबार मूल्य हो । आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी तोलाको एक हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !