१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

उत्तर कोरियाको जासूस विमानले व्हाइट हाउस र अमेरिकी सैन्य अड्डाको तस्वीर खिचेपछि….



एजेन्सी । उत्तर कोरियाले आफ्नो नयाँ जासूस उपग्रहले अमेरिकाको केन्द्रीय प्रशासनिक निकाय व्हाइट हाउस र विभिन्न संवेदनशील अमेरिकी सैन्य साइटहरूको तस्बिरहरू प्राप्त गरेको दाबी गरेको छ । यसअघि अमेरिकी र दक्षिण कोरियाली सेनाको निगरानी गर्न उक्त नयाँ जासूस उपग्रह प्रयोग गरिने बताएको थियो। मंगलबार राज्य नियन्त्रित कोरियाली केन्द्रीय मिडिया केसीएनएका अनुसार, प्योङयाङले पेन्टागन र प्रमुख लक्षित क्षेत्रहरूमा अमेरिकी सेना र सरकारी सुविधाहरूको स्याटेलाइट इमेजरी समीक्षा गरेको थियो।

उक्त स्याटेलाइटले प्रशान्त महासागरको गुआम टापुमा रहेको अमेरिकी एन्डरसन एयर फोर्स बेस, दुई नौसैनिक प्रतिष्ठान र भर्जिनियामा रहेको एउटा एयरफिल्डका साथै इटालीको राजधानी रोमको क्षेत्रको पनि फोटो खिचिएको उल्लेख गरेको छ । त्यस्तै जासुशी जहाजले भर्जिनियामा खिचिएका तस्बिरहरूमा चार अमेरिकी नौसेना आणविक विमान वाहक र एक ब्रिटिश विमान वाहकको फोटो कैद गरिएको रिपोर्टमा उल्लेख छ ।

अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का एक अज्ञात प्रवक्ताले भने, त्यस्ता स्याटेलाइटका छविहरूको अस्तित्व पुष्टि गर्न सकिँदैन, तर गत हप्ता उत्तर कोरियाली जासूस क्राफ्टको प्रक्षेपणको निन्दा गर्दै यसले उत्तर कोरियाको ब्यालिस्टिक मिसाइल विरुद्ध संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावहरूको उल्लङ्घन गरेको बताए। प्योङयाङले गत हप्ता उपग्रह प्रक्षेपणको घोषणा गरेको थियो । भूउपग्रह प्रक्षेपण गरेको एक दिनपछि मात्रै उत्तर कोरियाली सरकारले अमेरिकी सैन्य स्थल र दक्षिण कोरियाको राजधानी क्षेत्रका तस्बिरहरू निरीक्षण गरिसकेको बताएको छ।


प्रतिक्रिया दिनुहोस !