१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

रास्वपाको उपसभापति बन्दै स्वर्णिम वाग्ले



काठाडमौं । संसदको चौथो ठूलो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टीमा सांसद स्वर्णिम वाग्लेलाई पार्टी उपसभापति तयारी भएको छ । महोत्तरीको जलेश्वरमा बसिरहेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा वाग्लेलाई उपसभापति बनाउन छलफल चलेको छ । कांग्रेस त्यागेर रास्वपा प्रवेश गरी गत वैशाखको उपनिर्वाचनमा तनहुँ–१ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका वाग्लेलाई पार्टीमा कुनै कार्यकारी भूमिका दिइएको छैन। सोमबार सुरु भएको बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग र प्रदेश सभापतिहरूको पनि सहभागिता रहेको छ।

बैठकमा राजनीतिक, सांगठनिक, आर्थिक तथा अनुशासनसम्बन्धी प्रतिवेदनमा छलफल भइरहेको छ। सांसदहरूले आफ्नो कार्यविवरण प्रस्तुत गरेका छन्। बैठकले संसदमा पार्टीले खेलेको भूमिकाबारे पनि समीक्षा गरी समग्रमा आगामी रणनीति र महाधिवेशनलगायत विषयको निर्क्योल गर्ने भनिएको छ। वाग्लेलाई यही बैठकबाट केन्द्रीय सदस्य मनोनयन गर्ने र उपसभापतिको जिम्मेवारी पनि तोक्ने विषयमा छलफल भए पनि निर्णय भने भइसकेको छैन।

खरो स्वभावका वाग्लेले आफू निर्वाचित पदमा मात्र बस्ने, टीका लगाएर कुनै पद नलिने भन्न सक्छन् कि भनेरसमेत यसबीचमा लामिछानेले निकटस्थहरूसँग छलफल गरेका थिए। अहिले सभापति लामिछाने रहेको पार्टीमा उपसभापति डोलप्रसाद अर्याल मात्र छन्। त्यसपछिको मर्यादाक्रममा प्रवक्ता तथा महामन्त्री डा मुकुल ढकाल, सहमहामन्त्रीमा कवीन्द्र बुर्लाकोटी र बसुमाया तामाङ छन्। रास्वपामा हाल ४० सदस्यीय सदस्य छन्।


प्रतिक्रिया दिनुहोस !