१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

तनावमा चीन, ताईवानमा मध्यम दूरीका मिसाईल पठाउदैँ अमेरिका



एजेन्सी । अमेरिकी सेनाले ताइवान टापु (एशिया(प्रशान्त) क्षेत्रमा नयाँ भूमि आधारित मध्यवर्ती रेंज मिसाइलहरू तैनाथ गर्ने योजना बनाएको चीनले दाबी गरेको छ । अमेरिकी सेनाका जनरल चार्ल्स फ्लिनले वार्षिक ह्यालिफ्याक्स इन्टरनेशनल सेक्युरिटीमा गरेको टिप्पणीलाई उद्धृत गर्दै अमेरिकाले स्ट्यान्डर्ड मिसाइल ६ (एसएम ६ लगायतका मध्यम दूरीका मिसाइलहरू एसिया प्रशान्तमा पठाउने भएको ग्लोबल टाईम्सको दाबी छ । अमेरिकाले यी क्षेप्यास्त्रहरूको परीक्षण गरिरहेको र तिनीहरूलाई २०२४ मा तैनाथ गर्ने योजनामा रहेको छ।

सन् १९८७ मा हस्ताक्षर भएको इन्टरमिडिएट रेन्ज न्यूक्लियर फोर्सेस ट्रीटीको शर्त अनुसार अमेरिकालाई यसअघि ५०० देखि ५,५०० किलोमिटरसम्म मार हान्न सक्ने आणविक र परम्परागत ब्यालेस्टिक मिसाइल, क्रुज मिसाइल र मिसाइल प्रक्षेपणहरू तैनाथ गर्नबाट रोकिएको थियो। पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१९ मा अमेरिका सो सन्धिबाट बाहिरिने घोषणा गरेका थिए । अमेरिकाले आफ्नो इन्डो प्यासिफिक रणनीति र चीनसँगको प्रतिस्पर्धालाई सहज बनाउन एशिया(प्रशान्त क्षेत्रमा थप मिसाइलहरू तैनाथ गर्ने प्रयास गरिरहेको विश्लेषकहरूले बताएका छन्।


प्रतिक्रिया दिनुहोस !