१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

आन्दोलन चर्किएपछि कान्तिपुरका हाकिमले कब्जामा लिए पत्रकारको मोबाइल



काठमाडौँ । कान्तिपुर व्यवस्थापन पक्षले आन्दोलनरत पत्रकारको मोबाइल कब्जा गरेको छ। श्रमजीवी पत्रकार संघ नेपालको अगुवाइका आन्दोलनकारीले मंगलबार नागरिकतहबाट एक रुपैँयाको दरले जम्मा १६ सय रुपैँया उठाएर कान्तिपुरको फाइनान्समा बुझाएको थियो। फाइनान्सले लेखामा बुझाएपछि आन्दोलित पत्रकार बाहिरिने क्रममा कान्तिपुरका एचआर प्रमुख पुष्पराज गिरीले पैसालाई लात्तीले हानेर श्रमजीवी पत्रकार संघ नेपालका अध्यक्ष जन्मदेव जैशीको मोवाइल समेत कव्जामा लिएका हुन्। कान्तिपुरविरुद्ध आन्दोलन गर्न पाइँदैन भन्दै थर्काएर गिरीले मोबाइल कब्जा गरेको जैशीले बताए।

कान्तिपुर मिडिया ग्रुपले लामो समयदेखि त्यहाँ कार्यरत श्रमजीवी–पत्रकारहरुलाई श्रमजीवी पत्रकार ऐन, प्रचलित विधि र पद्धतिविपरीत निष्कासन गरेको, सरुवा गरेको, काम गर्ने वातावरण नदिएको र लामो समयको योगदानको अवमूल्यन गर्दै अपमानित गरेको भन्दै आन्दोलन सुरु भएको हो। पत्रकार महासंघ र श्रमजीवी पत्रकार संघको नेतृत्वमा गत साउन पहिलो हप्तादेखि आन्दोलन सुरु गरेका हुन्।

आन्दोलनको दवावमा कान्तिपुर मिडिया ग्रुपले कर्मचारी र पत्रकारको माग सम्वोधन गर्ने आश्वासन दिएको थियो। आन्दोलनबाट डराएर माग सम्बोधन गर्ने लिखित प्रतिवद्धता गरेपनि कार्यान्वयन नगरी बरु उल्टै थप पत्रकार निकाल्न थाल्यो। लिखित प्रतिवद्धता पुरा हुने भनेपछि केही समय आन्दोलन रोकिएको पनि थियो। तर कान्तिपुर मिडिया ग्रुपले आफ्नो हाउसभित्रका पत्रकार र कर्मचारीलाई थप निस्कासन र अवमूल्यन गर्न थालेपछि फेरि धर्ना र आन्दोलन चर्किएको हो।


प्रतिक्रिया दिनुहोस !