२५ बैशाख २०८१, मंगलवार
 |   Tue May 7 2024
Logo

चीनको कोइला खानीमा दुर्घटना हुँदा ११ जनाको मृत्यु



काठमाडौं । चीनको उत्तरपूर्वी कोइला खानीमा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । उत्तरपूर्वी चीनको हेइलोङजियाङ प्रान्तको शुआङ्याशान सहरमा मंगलबार दिउँसो भएको कोइला खानीमा भएको दुर्घटनामा ११ जनाको मृत्यु भएको खानी कम्पनीले जनाएको छ । प्रारम्भिक अनुसन्धान अनुसार दिउँसो २ः४० बजे दुर्घटना भएको हो । हेइलङजियाङ लङमे सुशांगेसान मिनिङ कम्पनी लिमिटेडको शुआङयाङ कोइला खानीमा चट्टान फुटेको कारण दुर्घटना भएको थियो । खोजी तथा उद्धार कार्य सम्पन्न भइ दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !