१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

गायकवाडको १२३ रनलाई ओझेल पार्ने म्याक्सवेलको शतक, रोमान्चक बने अन्तिम दुई ओभर



काठमाडौं । ग्लेन म्याक्सवेलले अष्ट्रेलियाका लागि टी–२० मा सबैभन्दा छिटो शतक प्रहार गर्ने कीर्तिमानको बराबरी गर्दै पाँच खेलको सिरिजमा भारत विरुद्ध आफ्नो टोलीको आशा जीवित राखेका छन् । मंगलबार गुवाहाटीमा भएको तेस्रो टी–२० खेलमा म्याक्सवेलले ४८ बलमा १०४ रन बनाएर नटआउट रहे । उनले आठ छक्का र आठ चौका प्रहार गरे । ऋतुराज गैवाडले पनि उत्कृष्ट इनिङ खेल्दै ५७ बलमा १२३ रन बनाएर भारतलाई २२२ रनमा पुर्याएको थियो तर अष्ट्रेलियाले अन्तिम बलमा लक्ष्य पुरा गर्यो । अष्ट्रेलियाका लागि यो खेल जित्नु निकै महत्त्वपूर्ण थियो, किनकि भारतले पाँच खेलको शृङ्खलामा दुई खेल पहिले नै जितेको थियो।

अष्ट्रेलियाको इनिङ्सको अन्तिम ओभर यस्तो थियो कि प्रसिद्ध कृष्णले बिर्सन चाहे । अष्ट्रेलियालाई जितका लागि अन्तिम ओभरमा २१ रन आवश्यक थियो। म्याक्सवेलले तेस्रो बलमा छक्का र त्यसपछिका तीन बलमा लगातार चौका प्रहार गर्दै अष्ट्रेलियालाई जित दिलाए जुन कुनै बेला असम्भव देखिन्थ्यो । छैटौं ओभरमा ६६ रनमा अस्ट्रेलियाले दुई विकेट गुमाएपछि म्याक्सवेल क्रिजमा आएका थिए । आठौं ओभरमा म्याक्सवेलले प्रसिदलाई दुई छक्का र चार चौका प्रहार गरे । अहिले सम्म उनको व्यक्तिगत स्कोर १० बलमा २५ रन पुगेको थियो । तर त्यसपछि रवि बिश्नोईले जोस इंग्लिस र त्यसपछि अक्सर पटेलले मार्कस स्टोइनिसलाई प्याभिलियन पठाए।

यसपछि अष्ट्रेलियाको गति सुस्त भयो । अष्ट्रेलियालाई जितका लागि अझै ३९ बलमा ८८ रन आवश्यक थियो । त्यसपछि १६ औं ओभरमा म्याक्सवेलले आवेश खानलाई छक्का र चार चौका र अर्को ओभरमा अर्शदीपलाई लगातार दुई छक्का प्रहार गरे। १८औं ओभरमा कप्तान सूर्यकुमार यादवले फेरि बल प्रसिद्धलाई हस्तान्तरण गरे । जसमा उनले ६ रन मात्र दिए । यसले अष्ट्रेलियालाई फेरि दबाब दियो । तर अर्को ओभर बलिङ गर्न आएका अक्षर निकै महँगो साबित भए । त्यसमाथि विकेटकिपर इशान्त किशनले गल्ती गरे ।

यो ओभरको चौथो बलमा किशनले स्टम्प आउटको अपिल गरे । तेस्रो अम्पायरले म्याथ्यु वेड क्रिज बाहिर रहेको पाए तर इशान्त किशनको पन्जा विकेटको अगाडि रहेको देखे जसका कारण नो बल दिइएको थियो । यो ओभरमा २१ रन बन्यो । यसैबीच, ढिलो रन रेटका कारण भारतले अर्को ओभरमा ३० यार्ड सर्कलमा अतिरिक्त फिल्डर राख्नुपरेको थियो। अन्तिम ओभर बलिङ गर्न आएका प्रसिद निकै महँगो साबित भए । प्रशिदले धेरै प्रयास गरे तर सफल भएनन् । म्याक्सवेलले यो ओभरको पाँचौं बलमा चौका प्रहार गर्दै आफ्नो शतक पूरा गरे र अर्को बलमा चौका प्रहार गर्दै टोलीलाई जित दिलाए।

प्लेयर अफ द म्याच बनेका म्याक्सीले अस्ट्रेलियाका लागि सबैभन्दा छिटो शतक प्रहार गर्दै आरोन फिन्च र जोस इङ्लिसको कीर्तिमानको बराबरी गरे । पहिले ब्याटिङ गरेको भारतको सुरुवात सुस्त रह्यो । ११ औं ओभरमा तीन विकेट गुमाएर ८१ रन मात्रै जोडेको थियो । यो समयमा कप्तान सूर्यकुमार यादवले ऋतुराज गायकवाडलाई राम्रो साथ दिए । दुबैले १ सय ४१ रनको साझेदारी गरे र गायकवाड अष्ट्रेलिया विरुद्ध टी २० मा शतक बनाउने पहिलो भारतीय बने।

सूर्यकुमार यादव प्याभिलियन फर्किएपछि अष्ट्रेलियालाई दबाब दिने मौका थियो तर यहाँबाट गायकवाडले तीव्र गतिमा खेल्न थाले । उनले ३२ बलमा अर्धशतक पूरा गरे। पछि उनले ५२ बलमा शतक पुरा गरे । भारतका लागि सबैभन्दा बढी रन अन्तिम तीन ओभरमा आएका थिए । यो अवधिमा भारतले ६७ रन जोड्यो। गायकवाडले १८ औं ओभरमा हार्डीलाई तीन छक्का र एक चौका प्रहार गरे । नाथन एलिसले १९ औं ओभरमा १२ रन मात्र दिए तर अन्तिम ओभर बलिङ गर्न आएका म्याक्सवेल निकै महँगो साबित भए । उनले ६ बलमा तीन छक्का र दुई चौका प्रहार गरे । यो ओभरमा ३० रन बनाएपछि भारतीय टोलीले २२३ रनको लक्ष्य दिएको थियो । गायकवाडले ५७ बलमा १२३ रन बनाएर अविजित रहे ।


प्रतिक्रिया दिनुहोस !