१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

काठमाडौं महानगरपालिकाले करार सेवामा माग्यो २३० जना कर्मचारी



काठमाडौं । काठमाडौं महानगरपालिकाले करार सेवामा २३० जना कर्मचारीका लागि आवेदन आह्वान गरेको छ। महानगरपालिकाले गरिब घर परिवार पहिचानका लागि तथ्यांक संकलन गर्न २१ जना सुपरिवेक्षक र २०९ जना गणकका लागि आवेदन आह्वान गरेको हो । महानगरपालिकाले जारी गरेको सार्वजनिक सूचनामा लेखिएअनुसार सुपरिवेक्षकलाई मासिक ३४ हजार ७३० रुपैयाँ र गणकलाई ३२ हजार ९०२ रुपैयाँ दिइने छ । अनलाइन प्रतिवेदनका लागि इन्टरनेटमावाफ्त मासिक २ हजार रुपैयाँ महानगरपालिकाले उपलब्ध गराउने छ । सुपरिवेक्षक र गणक दुवै पदका कर्मचारीले बढीमा ५ महिना करार सेवामा काम गर्नुपर्ने सूचनामा लेखिएको छ । उनीहरुले ट्याब्लेटमार्फत् तथ्यांक संकलन गर्नुपर्ने छ । इच्छुक व्यक्तिले अनलाइनमार्फत् आवेदन दिन सक्नेछन् । दरखास्त दिँदै शुल्क नलाग्ने महानगरपालिकाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !