१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

खानेपानी ल्याउन मेलम्ची पुगे मन्त्री महिन्द्रराय यादव



मेलम्ची, १५ मङ्सिरः मन्त्री यादव मेलम्चीमा खानेपानी मन्त्री महिन्द्रराय यादव आज सिन्धुपाल्चोक जिल्लाको मेलम्ची खानेपानी आयोजनाको अनुगमन गर्न जाने क्रममा खोला तर्दै । तस्बिरः विमलबहादुर बिष्ट÷रासस

काठमाडौं । खानेपानीमन्त्री महिन्द्रराय यादव खानेपानी आयोजना निरीक्षणका लागि मेलम्ची पुगेका छन् । बाढीका कारण क्षति पुगेको मेलम्ची आयोजनाको मुहानलगायत क्षेत्रमा अनुगमनका लागि उनी त्यहाँ पुगेका हुन् । खोला तर्दै गर्दा मन्त्री यादव भने काठमाडौँवासीलाई चाँडो पानी पुर्‍याउनुपर्छ है भन्दै निर्देशन दिएका थिए । मन्त्री यादवले निर्देशन दिए पनि बाढीले मुहानलगायत क्षेत्रमा निकै ठूलो क्षति गरेकाले कहिले काठमाडौंमा पानी आउँछ भन्ने यकीन समय भन्न नसकिने अवस्थामा रहेको छ ।


प्रतिक्रिया दिनुहोस !