१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्र यात्रुको ब्यागमा आगो लाग्यो



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र यात्रुको ह्यान्डब्यागमा आगो लागेको छ । आइतबार चिनियाँ यात्रुको ह्यान्डब्यागमा आगो लागेको हो । उनी बिहान साढे ११ बजेको उडानमार्फत चीन जान लागेका थिए । उडानका निम्ति यात्रुकक्षमा पुगेका ती चिनियाँ नागरिकले पावरब्यांक चार्जमा राखेका थिए । उक्त पावरब्यांक पड्कँदा ह्यान्डब्यागमा आगो लागेको विमानस्थलका प्रवक्ता सुवास झाले बताए । त्यसबाहेक अरू कुनै क्षति नभएको र स्थिति सामान्य रहेको उनले बताए ।


प्रतिक्रिया दिनुहोस !