१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

मन्त्रिपरिषद् पुनर्गठनको हल्ला मात्रै भएको प्रधानमन्त्री प्रचण्डको दाबी



काठमाडौं । प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डले तत्काल मन्त्रिपरिषद् पुनर्गठनको हल्लामात्रै भएको दाबी गरेका छन्। कोप–२८ मा सहभागी भएर आइतबार साँझ काठमाडौँ आइपुगेका प्रधानमन्त्री प्रचण्डले विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा सो कुरा बताएका हुन्। ‘सरकार गठन भएको बेलादेखि नै मन्त्रिमण्डल पुनर्गठन हुन्छ, गृहमन्त्री हट्छ रे भन्ने हल्ला पनि भयो। अहिले कुनै त्यस्तो गठबन्धनभित्र छलफल भएको छैन,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘हामीले केही सोचेको छैन। म आफैँ प्रधानमन्त्री छु, अहिले मेरो नै दिमागमा नै आएको छैन।’ प्रचण्ड प्रधानमन्त्री बनेको १० पुसमा एक वर्ष पूरा हुँदै छ।


प्रतिक्रिया दिनुहोस !