१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

३१ जना यात्रु छुटेको थाहा पाएको भए प्लेन रोकेर पनि लिएर जान्थेँ : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्ना लागि उडान २ घण्टा अगाडि सार्दा ३१ जना यात्रु छुटेको विषय दुबई पुगेपछि मात्र थाहा पाएको बताएका छन् । प्रधानमन्त्री प्रचण्ड जलवायु परिर्वतनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप–२८ मा सहभागी हुन बुधबार राति नेपाल एयरलाइन्सको विमानबाट दुबई गएका थिए । उनको यात्राका लागि उडान २ घण्टा अगाडि सारेका कारण ३१ जना यात्रु छुटेका थिए ।

आइतबार स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले यसबारे दुबई पुगेपछि मात्र थाहा पाएको बताए । उनले भने, नेपाल नागरिक उड्ययन प्राधिकरणले आफ्नो फ्लाइटको टाइम मिलाएको भन्ने जानकारी आफूले पाए । ‘मैले त क्यानले मिलायो भन्ने मात्र बुझेँ । उता पुगिसकेपछि मात्र थाहा भयो कि मेरो कारणले २ घण्टा छिटो ल्याउन खोज्दा ३१ जना यात्रु छुटेका रहेछन्’, प्रधानमन्त्री प्रचण्डले भने, ‘मैले साथीहरुलाई भने पनि, यो कुरा मलाई यहाँ थाहा भएको भए प्लेन रोकेर पनि लिएर जान्थेँ ।’


प्रतिक्रिया दिनुहोस !