१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

पश्चिमी वायु र निम्न चापीय रेखाको प्रभाव बागमती प्रदेशमा धेरै



काठमाडौ । पश्चिमी वायु र भारतको छत्तिसगढमा अवस्थित निम्न चापीय क्षेत्रको आंशिक प्रभावको कारण हाल देशका धेरै भू-भागमा मौसम बदली भएको छ। हाल कोशी, मधेश, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी प्रदेशमा मौसम बदली भए पनि पानी पर्ने भम्भावना कम छ।

कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातकोसमेत सम्भावना छ। पश्चिमी वायुका साथै भारतको छत्तिसगढमा अवस्थित निम्न चापीय क्षेत्रको प्रभावस्वरुप हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदलीको अवस्था छ। यी प्रदेशबाहेक देशका बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको विभागले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !