१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

इजरायल र हमासको युद्ध रोक्ने प्रस्ताव अमेरिका र बेलायतले भिटो प्रयोग गरि खारेज गरे



एजेन्सी । गाजामा इजरायल र प्यालेस्टाइनी चरमपन्थी समूह हमासबीचको युद्धमा तत्काल मानवीय युद्धविरामको लागि संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को मागलाई अमेरिकाले भिटो गरेको छ। सुरक्षा परिषद्का १३ सदस्यहरूले शुक्रबार संयुक्त अरब इमिरेट्सद्वारा पेश गरिएको संक्षिप्त मस्यौदा प्रस्तावको पक्षमा मतदान गरे, जबकि बेलायतले भाग लिएन । संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेर्रेसले दुई महिना लामो युद्धबाट हुने विश्वव्यापी खतराबारे १५ सदस्यीय परिषद्लाई औपचारिक रूपमा चेतावनी दिन बुधबार दुर्लभ कदम चालेपछि मतदान गरिएको हो।

‘अमेरिकाले इजरायल र प्यालेस्टाइन दुवै शान्ति र सुरक्षामा बस्न सक्ने दिगो शान्तिलाई समर्थन गर्दछ । तर हामी तत्काल युद्धविरामको आह्वानलाई समर्थन गर्दैनौँ। यसले अर्को युद्धको लागि मात्र बीउ रोप्नेछ, किनभने हमाससँग दिगो शान्ति हेर्ने, दुई राज्य समाधान हेर्ने इच्छा छैन,’ संयुक्त राष्ट्रका लागि उप अमेरिकी राजदूत रोबर्ट वुडले भने। उता अमेरिकाको भिटोको चीन र रुसले आलोचना गरेका छन् । बेइजिङले नागरिक जीवनको चिन्ता व्यक्त गर्दै युद्धविरामको मस्यौदालाई समर्थन गर्न अस्वीकार गरेर अमेरिकालाई ‘आत्मविरोधी‘ भएको आरोप लगायो, जबकि रुसले अमेरिकालाई ‘हृदयविहीन’ को संज्ञा दियो ।


प्रतिक्रिया दिनुहोस !