१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

विमानस्थलको भन्सार पास भईसकेको सुन पक्राउ



काठमाडौं । त्रिभुवन विमानस्थलबाट फेरि साढे ६ केजी सुन बरामद भएको छ। त्रिभुवन विमास्थल सुरक्षा प्रहरी प्रमुख डीआईजी अर्जुन चन्द ठकुरीका अनुसार आइतबार बिहान पौने १ बजे इजिप्टका नागरिक सेरिफ मोहम्मद ल्यासिनको साथबाट उक्त सुन बरामद भएको हो। ठकुरीका अनुसार ६ टुक्रा सुन अर्धठोस अवस्थामा भेटिएको हो। उनले उक्त सुन ज्याकेटमा लुकाएर ल्याएको खुलेको छ।

विमानस्थल भन्सार क्षेत्र कटाइसकेको अवस्थामा उक्त सुन ६ किलो ५६५ ग्राम रहेको ठकुरीले बताए। उक्त सुन फ्लाई दुबईको एफजेड ५७३ नम्बरको उडानको जहाजबाट आएका इजिप्टका नागरिकबाट सुन बरामद भएपछि उनीसँगैका दुईजना सुडानी नागरिकलाई पनि पक्राउ गरिएको छ। यसअघि गत बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुन बरामद भएको थियो।


प्रतिक्रिया दिनुहोस !