Tuesday, January 14, 2025

ट्रेन्डिङ :

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले सुरु गर्यो अनलाईन परीक्षा

spot_img
spot_img
spot_img

महेन्द्रनगर | सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले शुक्रबारदेखि अनलाइन प्रणालीबाट परीक्षा सञ्चालन गरेको छ।

मुलुककै शैक्षिक गतिविधि कोरोनाका कारण प्रभावित भइरहेका बेला विश्वविद्यालयले भने व्यापक तयारीका बीच अनलाइन परीक्षा सञ्चालन गरिरहेको विश्वविद्यालयले जनाएको छ।

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा अम्मराज जोशीले पहिलो चरणमा शुक्रबार सिभिल इञ्जिनियरिङ र कृषि विज्ञानका पहिलो र तेस्रो सेमेस्टरको परीक्षा शुरु भएको बताए। उपकुलपति प्राडा जोशीले भने, ‘हामीले परीक्षा शुरु गर्नुअघि यहाँका प्राध्यापक र विद्यार्थीलाई यसको पद्धतिका विषयमा प्रशिक्षणसमेत दिएका छौँ।’

पहिलो दिनको परीक्षामा इञ्जिनियरिङका र कृषि विज्ञानतर्फ गरी १८३ विद्यार्थीले अनलाइनबाटै परीक्षा दिएको विश्वविद्यालयले जनाएको छ। परीक्षाका लागि बिहान ९ देखि २ बजेसम्म समय तोकिएको छ। उनले पठनपाठन सकिएका विषयको अनलाइन परीक्षा गर्न ठूलो चुनौती रहेपनि विश्वविद्यालयको प्राविधिक जनशक्ति अहोरात्र खटिएको बताए।

विद्यार्थीहरु अनलाइनको पहुँच बाहिर हुने अवस्था रहेकाले विश्वविद्यालयले अनलाइन परीक्षा सञ्चालनका लागि सुदूरपश्चिमका ८८ वटै स्थानीय तहबाट पहल गरिएको छ।

त्यसैगरी सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका परीक्षा नियन्त्रक देवसिंह नाथले प्रविधि र अनेकन हिसाबले पछि रहेको सुदूरपश्चिममा अनलाइन परीक्षा गर्नु चुनौतीपूर्ण रहेको बताए।

‘मुलुकका अन्य क्षेत्रमा रहेका पुराना र सुविधा सम्पन्न विश्वविद्यालयले नसकिरहेका बेला त्यो हामीबाट सम्भव हुनु यहाँका लागि गर्वको विषय पनि हो’, उनले भने, ‘अब विश्वविद्यालय प्रविधिसित पनि नजिक रहेर अगाडि बढ्दै छ।’

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?