Saturday, February 8, 2025

ट्रेन्डिङ :

राजकीय सम्मानका साथ अन्तेष्टि गरियो प्रसिद्ध भारतीय गायक एसपी बालासुब्रमण्यमको

spot_img
spot_img
spot_img

एजेन्सी | प्रसिद्ध भारतीय गायक एसपी बालासुब्रमण्यमको अन्तिम संस्कार गरिएको छ। बालासुब्रमण्यमको ७४ वर्षको उमेरमा शुक्रबार चेन्नईको एक निजी अस्पतालमा निधन भएको थियो।

उनको राजकीय सम्मानका साथ अन्तिम संस्कार गरिएको तमिलनाडुका मुख्यमन्त्रीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनको अन्तिम संस्कारमा तमिलनाडु प्रहरीले ७२ तोपको सलामी दिएको थियो।

उनको अन्तिम विदाईमा दक्षिण भारतीय चलचित्र उद्योगका कलाकार, मन्त्री तथा राजनीतिज्ञहरु पुगेका थिए।

उनी कोरोना भाइरसको संक्रमणका कारण लामो समयदेखि अस्पताल उपचाररत थिए। गत अगष्ट ४ मा उनमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको थियो। केही समयअघि उनको कोराना परीक्षण रिपोर्ट नेगेटिभ आएपनि स्वास्थ्यमा भने सुधार देखिएको थिएन।

उनले आफ्नो पाँच दशक लामो सांगीतिक यात्रामा तेलुगु, तमिल, कन्नड, हिन्दी, मलयालम लगायतका भाषामा करिब ४० हजारभन्दा बढी गीत गाएका छन्।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?