१३ मंसिर २०८०, बुधबार
 |   Wed Nov 29 2023
Logo

कालापानीको हवाई निरीक्षण गरी काठमाडौं फर्किए गृहमन्त्री बादल



दार्चुला | दार्चुलाको छाङरु पुगेका गृहमन्त्री रामबहादुर थापा (बादल) काठमाडौं फर्किएका छन्। शनिबार बिहान छाङरु नजिकै कालापानी र तिंकर क्षेत्रको हवाई निरीक्षणपछि उनी फर्किएका हुन्।

दार्चुला सदरमुकाम हुदैँ उनी सवार हेलिकप्टर सुर्खेत उडेको थियो। बिहान ९ वजेतिर दार्चुला सदरमुकाम खलंगा पुगेका मन्त्री थापाले राजनीतिक दलका नेताहरुसँग भेटघाट र पत्रकार सम्मेलन गरे। ‘खलंगामा आधा घण्टा विभिन्न कार्यक्रम गरेर मन्त्री ज्यू सुर्खेत फर्किनुभयो,’ सशस्त्र प्रहरीको दार्चुलास्थित गणका एसपी नरेन्द्र बमले भने, ‘बिहान तिंकर र कालापानीको निरीक्षण गरेर खलंगा आउनु भएको थियो।’

मन्त्रीको टोलीमा दार्चुलाका सांसद गणेश ठगुन्ना, गृह सचिव महेश्वर न्यौपाने, सशस्त्र प्रहरी महानिरिक्षक शैलेन्द्र खनाल, सुरक्षा सल्लाहकार इन्द्रजीत राइ लगायत थिए। छाङरुस्थित सशस्त्र प्रहरीको ५० नं. गुल्मको शिलान्यासका लागि गृहमन्त्री थापा शुक्रबार छाङरु पुगेका थिए। राती छाङरुमै बसेका थिए।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय