१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

नेपालीले घुमेर एक वर्षमा ६२ अर्ब रुपैयाँ विदेश पुर्याए



काठमाडौं । चालू आर्थिक वर्षको ४ महिनामा नेपालीले विदेशमा गएर गर्ने खर्च ६५ प्रतिशतले बढेको छ। कात्तिकसम्म आम्दानी ४७.२ प्रतिशत बढ्दा खर्च ६५ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको हो। सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ४७.२ प्रतिशतले वृद्धि भई २५ अर्ब ७४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १७ अर्ब ४९ करोड रहेको थियो । सेवा खाताअन्तर्गत भ्रमण व्यय ६५.० प्रतिशतले वृद्धि भई ६१ अर्ब ९२ करोड पुगेको छ। यसमध्ये शिक्षातर्फको व्यय ३८ अर्ब ४४ करोड रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ३७ अर्ब ५४ करोड रहेकोमा शिक्षातर्फको व्यय २२ अर्ब ६१ करोड रहेको थियो। समीक्षा अवधिमा खुद सेवा आय २८ अर्ब २० करोडले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय २६ अर्ब ७८ करोडले घाटामा रहेको थियो ।


प्रतिक्रिया दिनुहोस !