१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

चार महिनामा विदेश पढ्न जाने विद्यार्थीले लगे ३८ अर्ब ४४ करोड



विदेशमा पढ्न जाने विद्यार्थीको संख्यामा उल्लेख्य वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०८०/०८१ को चार महिनामा गत वर्षको सोही अवधिको तुलनामा सो संख्या उल्लेख्य बढेको हो ।

चार महिनामा विदेशमा पढ्न जाने विद्यार्थीले ३८ अर्ब ४४ करोड रुपैयाँ लगेका छन् । अघिल्लो वर्षको सोही अवधिमा विदेशमा पढ्न जाने विद्यार्थीले २२ अर्ब ६१ करोड रुपैयाँ लगेका थिए ।


प्रतिक्रिया दिनुहोस !