१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

नर्सदेखि प्राविधिकसम्म सेनाले माग्यो १२५ जना कर्मचारी



काठमाडौं । नेपाली सेनाले मेडिकल,हवाई सेवालगायत प्राविधिक सेवामा रिक्त पदपूर्तिका लागि आज १ सय २५ जना कर्मचारी माग गरेको छ ।

शुक्रबार सेनाले एक सूचना प्रकाशित गर्दै हवाई सेवा,मेडिकल,प्राविधिकलगायत विविध पदमा १ सय २५ जना कर्मचारी मागेको छ ।
मेडिकलतर्फ ३२ जना, नर्सिङतर्फ १८ जना,सैनिक ब्यान्डतर्फ १४ जना, मर्मततर्फ १२ जना, अन्य सेवा तर्फ ४२ जना कर्मचारी चाहिएको शुक्रबार राष्ट्रिय पत्रिकामा सूचना प्रकाशित गर्दै सेनाले जनाएको छ ।

उल्लेखित पदहरूमा काम गर्न इच्छुक र योग्यता पुगेकाहरूले सेनाको केन्द्रीय भर्ना छनौट केन्द्र स्वयम्भूमा पुस २८ गते भित्र दरखास्त दिनुपर्ने उल्लेख छ । सेनाले आवेदन दिँदा पदअनुसार फरक फरक दरखास्त शुल्क तिर्नुपर्ने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !