१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

नेपाली चलचित्रमा विदेशी लगानी ल्याउन पहल भइरहेको छ : भुवन केसी



चलचित्र विकास बोर्डका अध्यक्ष भवन केसीले नेपाली चलचित्रमा विदेशी लगानी ल्याउनुपर्ने बताएका छन्। मंगलबार निफ २०२४ बारे जानकारी दिन काठमाडौंमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले नेपाली चलचित्रमा विदेशी लगानी ल्याउन सके अझ धेरै रकममा अन्तर्राष्ट्रिय स्तरमा नेपाली चलचित्रहरुले प्रतिष्पर्धा गर्न सक्ने बताए। नेपाली चलचित्रमा विदेशी लगानीको प्रावधान नरहेको भएपनि आफूहरुले अहिले पहल गरिरहेको उनले जनाए।

चलचित्र निर्माणका लागि आवश्यक सामग्रीहरु ल्याउने वातावरण नरहेको उनकाे थियाे। 

‘नेपाली चलचित्रमा विदेशी लगानी ल्याउन सकियो भने हामीले अझ धेरै रकममा इन्टरनेशनल लेभलमा हाम्रो देशका फिल्म रुले प्रतिष्पर्धा गर्न सक्छन्। विदेशी लगानी यहाँ ल्याउने प्रावधान छैन्। त्यसको लागि पहल गरिरहेका छौँ। शतप्रतिशत लगानी गर्न नपाएपनि ४९ प्रतिशत लगानी गर्न सक्ने व्यवस्थाका लागि पहल गरिरहेका छौँ।’ उनले भने।

अध्यक्ष केसीले चलचित्रका लागि सबैभन्दा ठूलो कुरा चलचित्र ऐन भएपनि पुरानो चलचित्र ऐनअनुसार अहिले चल्नुपर्ने बाध्यता रहेको उल्लेख गरे।


प्रतिक्रिया दिनुहोस !