२१ मंसिर २०७८, मंगलवार
 |   Tue Dec 7 2021
Logo

‘देश दर्शन’ कार्यक्रमको सुरुवात’



काठमाडौँ । कोरोना सङ्क्रमणका कारण सङ्कटमा परेको नेपालको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि छुट्टै कार्यदल गठन भएको छ । विश्व पर्यटन दिवसको पूर्वसन्ध्यामा शनिबार राजधानीमा उक्त कार्यदल स्थापना भएको घोषणा गरिएको हो ।

निजी क्षेत्रको पहलमा गठन गरिएको कार्यदल सार्वजनिक निजी साझेदारीको अवधारणामा अघि बढ्नेछ । कार्यदलको पहिलो कार्यक्रमअन्तर्गत संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले देश दर्शन कार्यक्रमको उद्घाटन गर्नुभयो । कार्यक्रममा उहाँले सरोकारवाला सबैको सहकार्यमा पर्यटन क्षेत्रको छिटो पुनरुत्थान हुनसक्ने धारणा राख्नुभयो ।

पर्यटन क्षेत्रको नेतृत्वदायी भूमिकामा रहनुभएका निर्णयकर्ता, सरोकारवाला र स्रोत बजारमा पर्यटकबीच विश्वसनीय सञ्चार प्रवाह गर्ने काममा कार्यदल केन्द्रित रहने जनाइएको छ । कार्यदलले पहिचान गरेका १० फरक च्यानलबाट नेपालका प्रवद्र्धनात्मक तथा सकारात्मक सन्देशहरू नियमित रूपमा सम्प्रेषित गर्नेछ ।

पर्यटन क्षेत्र पुनः सञ्चालनका लागि सर्वेक्षण, जनचेतना, विदेशमा भएका अभ्यासका सूचना सङ्कलन र पर्यटन प्रवद्र्धनको वातावरण बनाउनेजस्ता काम पनि कार्यदलले आफ्नो उद्देश्यभित्र राखेको छ । कार्यदलले यो सबै पहलका लागि शनिबार नै टीआरटी नेपाल डट कम वेबसाइट पनि सञ्चालनमा ल्याएको छ । पर्यटन क्षेत्रमा समस्या समाधान गर्दै पुनरुत्थान नहुन्जेल कार्यदल सक्रिय रहने छ ।

पाटा नेपाल च्याप्टर र स्कल नेपालको पहलमा स्थापना भएको कार्यदलमा पर्यटन क्षेत्रमा संलग्न व्यक्तित्व, सल्लाहकार, मुख्य छाता सङ्गठनहरू, संस्थागत संरक्षक, स्वास्थ्य तथा सुरक्षा निकायका संस्थाहरू, स्वास्थ्य तथा सुरक्षा संरक्षक, नेपाल पर्यटन बोर्ड पर्यटन, उद्योग संरक्षक रहेका छन् ।

नेपाल पर्यटन बोर्डका पूर्वकार्यकारी प्रमुख तथा विश्वव्यापी रूपमा पर्यटन पुनरुत्थानका लागि सुरु भएको अभियान रिब्युल्डिङ ट्राभलका कार्यदल सदस्य दीपकराज जोशी कार्यदलको संयोजक हुनुहुन्छ ।- गोरखापत्र अनलाइनबाट


प्रतिक्रिया दिनुहोस !


कुटपिट गरी हत्या गरेको आरोपमा तीनजना पक्राउ



काठमाडौँ : प्रहरीले कुटपिट गरी हत्या गरेको आरोपमा तीनजनालाई पक्राउ गरेको छ ।

चन्द्रपुर नगरपालिका(१ मंगलपुर बस्ने २८ वर्षीय गोपाल थिङको कुटपिट गरी हत्या गरेको अभियोगमा तीनजनालाई मंगलबार बिहान पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा उनकै दाइ ३५ वर्षीय रविन्द्र थिङ, माईजु नाता पर्ने ४२ वर्षीया दुधिमाया पाख्रिन र काठमाडौं घर भएका मामा नाता पर्ने ३९ वर्षीय आषिश पाख्रिन रहेका छन् ।

मंगलपुरमा कुटपिटबाट मानिसको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय चपुर र प्रहरी चौकी पौराहीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

गन्ने नै हो भने ओलीले एमालेबाट खोसेको सम्पत्ती अरब बढी नै होला : माधव नेपाल



काठमाडौं । नेकपा एमालेको सम्पत्ती केपी शर्मा ओलीले खोसेर लगेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बताएका छन् ।

इटहरीमा पार्टी कार्यालय निरीक्षणका लागि पुगेका उनले एमालेको भौतिक र नगद सम्पत्ती ओली समूहले खोसेर लगेको बताएका हुन् । ‘जोड्दै जाने हो भने कति अरब पुग्ने हो भौतिक सम्पती, नगदहरु पनि छन्,’ उनले भने, ‘यी सबै खोसेर लगेका छन् उनीहरुले, कब्जा गरेका छन् तर पनि केही बात छैन फेरि आर्जन गरौंला ।’ उनले हक लाग्ने भए हक खोज्ने बताए । हक खोज्नका लागि कानूनी बाटो अपनाउने उनले बताए ।

‘हक लाग्छ भने त्यसका निम्ति कानूनी उपायहरु खोजौंला,’ उनले भने,‘ पार्टीलाई व्यवस्थीत बनाउन कार्यालय अपरिहार्य छ ।’

प्रतिक्रिया दिनुहोस !

केपी ओलीको घमण्डले सबैथोक बर्बाद भयो : मन्त्री खतिवडा



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमा रहेको घमण्डले मुलुक सन्त्रासमा गएको बताउनुभएको छ ।

नुवाकोटस्थित त्रिशुली अस्पतालको नवनिर्मित भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रमपछि सदरमुकाम बिदुरमा समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले उक्त कुरा उल्लेख गर्नुुभएको हो ।

आफू मात्रै सर्वेसर्वा भन्ने ओलीको घमण्डले मुलक पछाडि परेको उहाँको भनाइ छ । दुई तिहाईको बहुमतीय सरकारलाई धान्न नसकेर अहिले प्रतिपक्षमा बस्नु परेको बताउदै ओलीकै घमण्डका कारण आफूहरु नयाँ पार्टी गठन गर्न बाध्य भएको मन्त्री खतिवडाले बताउनुभयो ।

उहाँले पार्टी र सत्ता सञ्चालनमा विचार र सिद्घान्तलाई पञ्छाउँदै व्यक्तिगत स्वार्थका योजनाहरुलाई समावेश गरेको उपजका कारण एमाले अहिले प्रतिपक्षमा पुगेको दाबी गर्नुभयो ।

अर्को प्रसंगमा मन्त्री खतिवडाले अब कोरोना संक्रमणकै कारण मुलुकमा लकडाउन नहुने बताउनुभयो । विगतमा संक्रमण नियन्त्रण तथा रोकथामका लागि भएका निषेधाज्ञाले संक्रमणलेभन्दा धेरै भोकमरीको समस्या सिर्जना भएको उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘अहिलेकै अवस्थामा लकडाउन हुँदैन, संक्रमण नियन्त्रण तथा रोकथामका लागी थप योजनाहरु ल्याइन्छ ।’

त्यसअवसरमा उहाँले नेपाली नागरिकलाई आवश्यक पर्ने सबै खोप नेपालले स्टोर गरिसकेको उल्लेख गर्दै उहाँले पुस महिनाभित्रमा सबै नागरिकले खोप लगाइसक्ने बताउनुभयो । उहाँले खोप सुनिश्चितताको लागि अभियाननै सञ्चालन गर्ने तयारी रहेको जानकारी दिनुभएको छ ।

एकीकृत समाजवादीको पत्रकार सम्मेलनमा समाजवादी पार्टीका बागमती प्रदेश सदस्य यमकुमार खाती, पार्टीका जिल्ला अध्यक्ष गोविन्द नेपाली, उपाध्यक्ष शान्ता थापा, उपसचिव उद्वव पनेरु, वुद्धिजिवी विभाग प्रमुख रामहरी गजुरेल, युवासंघ तथा विद्यार्थी नेता र कार्यकर्ताहरुको बाक्लो उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस !

%d bloggers like this: