सहभागीहरु थपिदै नागरिक पेन्सन योजनामा « Name of Truth News : News Portal in Nepal
   ३० आश्विन २०७८, शनिबार
 |   Sat Oct 16 2021
Logo

सहभागीहरु थपिदै नागरिक पेन्सन योजनामा



काठमाडौँ । नागरिक लगानी कोषले सर्वसाधारणलाई पनि पेन्सन उपलब्ध गराउने गरी ल्याएको नागरिक पेन्सन योजनामा सहभागी हुन चाहने बढिरहेका छन् । कोषले यस्तो योजना ल्याएपछि हालसम्म तीन हजारभन्दा बढीले चासो देखाएर कार्ड लिइसकेका छन् ।

कोषका प्रवक्ता उद्धव सिलवालका अनुसार कोषले सर्वसाधारण जनतालाई बचत गर्न प्रोत्साहित गर्ने, त्यस्तो बचतलाई देशको आर्थिक विकासमा परिचालन गर्ने र सक्रिय जीवनकालमा जम्मा गरेको रकमबाट बचतकर्ताको जीवनयापनलाई सहजीकरण गर्ने उद्देश्यले यस्तो योजना ल्याएको हो ।

कोषमा सहभागी हुन चाहने बचतकर्ताको सहजताका लागि कोषले एनआईसी एसिया बैङ्कसँग सहकार्य गर्ने समझदारी पनि गरिसकेको छ । समझदारी पत्रमा बैङ्कका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने तथा कोषका कार्यकारी निर्देशक रमण नेपालले हस्ताक्षर गर्नुभयो ।

त्यसअनुसार बैङ्कले कोषका लागि छुट्ट भौचरको पनि व्यवस्था गरिसकेकाले बचतकर्ताले बैङ्कमै किस्ता रकम जम्मा गर्नसक्ने निर्देशक नेपालले जानकारी दिनुभयो । साथै बैङ्कले निकट भविष्यमा नै विद्युतीय भुक्तानी सेवामार्फत पनि अनलाइनमार्फत किस्ता रकम भुक्तानी गर्न मिल्ने तयारी गरिरहेको कोषले जनाएको छ ।

सहभागी को हुन सक्छन् ?

यस योजनामा कानुनबमोजिम स्थापना भएका सङ्घसंस्था एवं प्रतिष्ठानमा कार्यरत श्रमिक÷कर्मचारी, स्वरोजगारमा रहेका सर्वसाधारण र गैरआवासीय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक सहभागी हुनसक्ने कोषले जनाएको छ ।

कोषमा बचतकर्ताले न्यूनतम मासिक पाँच सय रुपियाँदेखि अधिकतम आम्दानीको क्षमताअनुसार १० ले भाग जाने अङ्कको रकम मासिक÷त्रैमासिक÷अर्धवार्षिक÷वार्षिक रूपमा बुझाउनसक्ने छन् ।

कोषमा सहभागी भइसकेपछि आफूले छनोट गरेअनुसारको रकम नियमित रूपमा बुझाउनुपर्ने छ । तोकिएको समयमा बुझाउन नसकेकमा विलम्ब शुल्क तिरेर किस्ता नियमित गर्न सकिने कोषले जनाएको छ ।

कुनै अवस्थामा बचतकर्ताका आयस्रोत गुमेमा वा अशक्त भई आयआर्जन हुन नसकेमा, बसाइँ सरी विदेशिने अवस्था भएर योजनाबाट अलग पनि हुन चाहेमा कोषमा जम्मा भएको रकमको सावाँ ब्याज एकमुष्ट प्राप्त गर्नसक्ने छन् तर यसका लागि नियमित बचत भएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्ने कोषले जनाएको छ ।

कोषमा जम्मा गरेको रकमबाट पेन्सन पाउनका लागि भने कम्तीमा १५ वर्षसम्म आफूले छनोट गरेको रकम जम्मा गरेको हुनुपर्ने छ । बचतकर्ता ६० वर्ष उमेर पुगेपछि पेन्सन उपलब्ध हुन्छ तर कोही व्यक्तिले बचत गर्न थालेपछि १५ वर्षअगावै निजको उमेर ६० वर्ष पुग्ने रहेछ भने निजले कोषमा जम्मा गरेको रकम र ब्याज र प्रतिफल एकमुष्ट भुक्तानी लिनसक्ने छन् ।

कति पाइन्छ पेन्सन ?

सहभागीले गरेको बचत, त्यसको ब्याज र कोषको लगानीबाट प्राप्त प्रतिफलसमेत जोडेर हुन आउने कुल रकमलाई १७० ले भाग गर्दा आउने रकम प्रत्येक महिना पेन्सनका रूपमा जीवनभर पाउन सकिन्छ ।

यस्तै सहभागीले पेन्सन प्राप्त गर्न सुरु गरेपछि निजको मृत्यु भएमा मृतकका पति वा पत्नीलाई निजले पाइरहेको रकम वराबर नै पारिवारिक पेन्सन प्रदान गरिने छ । यस योजनमा नेपाल सरकार वा अन्यत्रबाट पेन्सन पाइरहेका व्यक्ति पनि सहभागी हुनसक्ने जनाइएको छ ।- गोरखापत्र अनलाइन


प्रतिक्रिया दिनुहोस !


मलिका महत फिल्ममा फ्लप, म्युजिक भिडियोमा हिट



काठमाडौं । पछिल्लो समय भिडियोमा खोजिनेमध्येकी एक मोडल हुन्, मलिका महत । फिल्म यात्रा : म्युजिकल भ्ल्ग मार्फत रजतपटमा डेब्यु गरेकी मलिकाले दोस्रो फिल्म ‘पानीफोटो’मा समेत अभिनय गरिसकेकी छिन् । फिल्ममै आफूलाई स्थापित गर्ने तयारीमा रहेकी मलिका केही समययता भिडियोमा व्यस्त छिन् । फूलबुट्टे सारी’ मा अभिनेता पल शाहसँग देखिएपछि दर्शकमाझ उनको लोकप्रियता बढ्दो छ । दर्शकले पल र मलिकालाई ’पिएम’ जोडीसमेत भन्न थालिसकेका छन् । भिडियोमा अभिनय गर्न थालेको केही समयमै उनको आँखामा आउने सपनी, टाढा भए पनि, तिम्रो मनमा ए कान्छा लगायतका गीत दर्शकले सर्वाधिक रुचाएका छन् ।

भिडियोमा पछिल्लो समय खोजिने मोडलको लिस्टमा मलिकाको नाम अगाडि आए पनि फिल्ममा भने उनले त्यो लोकप्रियता पाउन सकेकी छैनन् । उनले दुई फिल्ममा अभिनय गरे पनि ’पानीफोटो’ भने प्रदर्शन हुन बाँकी छ । तर, उनको भिडियोझैँ लोकप्रियता फिल्ममा भने कम छ । केही दिन अगाडि मात्र फिल्म ’सत्यम’मा अनुबन्धित् भएकी मलिका आफूलाई फिल्ममै सफल देख्न चाहन्छिन् । केहि समयअगाडि मात्र उनी एक प्रतिष्ठित ब्यानरको अडिसनमा रिजेक्ट भएकी थिइन् । उनले पाएको रोललाई अडिसनमा न्याय गर्न नसकेपछि उनलाई लिन नसकिएको उक्त फिल्मको टिमका एक सदस्यले बताए ।

प्रतिक्रिया दिनुहोस !

विश्वभरी चर्चामा किमको नयाँ फेसन, माथि सुट पाइन्ट र तल चप्पल



एजेन्सी । अस्वभाविक अभिव्यक्तिका कारण बारम्बार चर्चामा आउने उत्तर कोरियाली नेता किम जोङ उन फेरि सञ्चार माध्यममा चर्चामा आएका छन् । यस पटक उनी अभिव्यक्तिभन्दा पनि आफूले लगाएको फेसनका कारण चर्चामा आएका हुन् । ३७ वर्षीय तानशाह किम आइतबार राजधानी प्योङयाङमा आयोजित एक कार्यक्रममा अस्वभाविक पहिरनमा देखिएका थिए । किमले चप्पल र मोजामाथि सुट लगाएका थिए । कालो सुट र टाइममा सजिएका किमले चप्पल लगाएपछि धेरैको ध्यान उनीप्रति तानिएको थियो ।

उनको पछिल्लो पहिरनले किमको स्वास्थ्यबारे फेरि अड्कलबाजी सुरू भएको छ । उनको खुट्टाको शल्यक्रिया वा गहिरो घाउका कारण जुत्ता लगाउन नमिलेर चप्पल लगाएको हुन सक्ने अनुमान गरिएको छ । अस्वभाविक रूपमा मोटा किम पछिल्लो समयमा केही छरितो देखिएका छन् । उनले १० केजी भन्दाबढी तौल घटाएको कोरियाली सञ्चार माध्यमहरूले जनाएका छन् ।

उनको स्वास्थ्यबारे विज्ञहरूले बारम्बार चासो दिँदै आएका छन् । अत्यधिक धुमपान गर्ने किम मुटुसँग सम्बन्धित समस्याबाट पीडित छन् । उनका हजुरबुबा र बाबु दुबैको ह्यदघातका कारण मृत्यु भएको थियो । सत्तारुढ कोरियाली पार्टीको स्थापना दिवसको अवसरमा सहभागी भएका किमले आफ्नो पार्टी आर्थिक लक्ष्य प्राप्तीका लागि दृढ भएको बताएका थिए । कोरियाले सामान गरेको समस्यासँग जुध्न नेतृत्वपंक्ति अनुशासित हुनुपर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस !

एकीकृत समाजवादी बैतडीको इन्चार्जमा भट्ट, दार्चुला इन्चार्जमा बैतडीकै बिष्ट



बैतडी । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को बैतडी जिल्ला इन्चार्जमा प्रमानन्द भट्ट चयन भएका छन् । भट्ट केन्द्रीय पोलिटब्यूरो सदस्यसहित जिल्ला इन्चार्ज चयन भएका हुन् । नेकपा एमाले विभाजनपछि बनेको नेकपा (एस) मा गएका भट्टलाई पार्टी स्थायी कमिटीको बैठकले जिल्ला इन्चार्जमा चयन गरेको हो । भट्ट बैतडीमा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता हुन् । यसैगरी, पूर्व प्रदेश मन्त्री तथा नेकपा (एस) का केन्द्रीय सदस्य माया भट्ट प्रदेश सहसचिवमा चयन भएकी छन् । यसअघि एमाले हुँदा र माओवादीसँगको एकतापछि बनेको नेकपा हुँदाका बेला प्रदेश कमिटी सदस्य रहेकी भट्ट अहिले नेकपा (एस) को प्रदेश सहसचिव पदमा चयन भएकी हुन् ।

यसैगरी, नेकपा एमाले बैतडीका पूर्व अध्यक्ष तथा प्रदेश कमिटी सदस्य रहेका नरेन्द्र बिष्ट नेकपा (एस) को केन्द्रीय सदस्यसहित दार्चुलाको जिल्ला इन्चार्जमा चयन भएकाछन् । गत बिहीबारदेखि जारी स्थायी कमिटीको बैठकले नेताहरुको जिम्मेवारी बाडँफाड गरेको प्रदेश कमिटी सदस्य नरेन्द्र बिष्टले बताए । पार्टीका नियमित कामकाजहरु अब अगाडि बढाउने नेता बिष्टले बताए । आउँदो ३ कात्तिकमा बैतडी जिल्ला कमिटीको बैठक बसेर आगामी कार्यक्रमहरू तय गरिने उनले बताए । आगामी दिनमा पार्टीको पालिका तथा वडास्तरका कार्यक्रमहरू सञ्चालन गरिने उनले बताए । पालिका र वार्डस्तरमा संगठन विस्तार तथा सुदृढीकरणका कार्यक्रम आयोजना गरिने नेकपा (एस) बैतडीले जनाएको छ । न्युजकारखाना ।

प्रतिक्रिया दिनुहोस !

%d bloggers like this: