२१ बैशाख २०८१, शुक्रबार
 |   Fri May 3 2024
Logo

दार्चुलामा पनाती पनातनी पाइसकेका वृद्ध दम्पतीले गरे ८० वर्षको उमेरमा विहे



दार्चुलाको अपिहिमाल गाउँपालिकामा यहि माघ ५ गते शुक्रबार (हिजो) रोचक बिहे सम्पन्न भएको छ । अपिहिमाल गाउँपालिका वडा नम्बर ०६ मज्जे बस्ने राइसिंह धामी र बिन्दु धामीको ८० बर्षको उमेरमा सास्कृतिक तथा बैधानिक विवाह सम्पन्न भएको हो ।

पनाती पनातनी समेत पाइसकेका राइसिंह र बिन्दुले गाउँमै बुढेसकालमा धुमधामसंग बिहे गरेका छन् । हिजो बिहे गरेका धामी दम्पत्तीको परिवारमा ३ छोरा बुहारी, ४ छोरी, ५ नाती, ४ नातनी, ३ नातने बुहारी, ४ पनाती र ३ पनातनी गरि जम्मा ३१ जना सदस्य रहेको बेहुला बाजेका नाती नाता पर्ने लोकदर्पण समाचारदाता भगतसिंह धामीले जानकारी दिनुभयो ।

बेहुला (दुलाहा) राइसिंह धामीलाई ८० वर्ष र बेहुली (दुलही) बिन्दु धामीलाई ७० वर्ष उमेर पुगेको उहाँले बताउनुभयो । दुबै जनाले सामाजिक सुरक्षा भत्ता बुझ्दै आएका छन् ।

दुलाहा राइसिंहले दुलही बिन्दुलाई सिन्दुर पोते लगाउनुका साथै यज्ञपरिक्रमासहित सबै बिहेविधि पुरा गरेर हिजो घरभित्र सास्कृतिक परम्परासहित भित्र्याउनुभएको हो ।

धामी दम्पत्तीको यो बिहेले सास्कृतिक सन्देश समेत दिएको स्थानीयहरुले बताएका छन् । बिहे र बिहे भोजमा सबै स्थानीय आफन्त, इष्टमित्रहरुले यो उमेरमा बिहे गरिरहेका धामी दम्पत्तीलाई जिस्क्याएर खुबै रमाइलो गरेका थिए । बुढेसकालमा बिहे गर्न पाउदा रमाइलो अनुभुति भएको धामी दम्पत्तीको भनाई छ ।

Source : Lokdarpan TV


प्रतिक्रिया दिनुहोस !