Monday, October 7, 2024

ट्रेन्डिङ :

एकै पटक ११ सयभन्दा बढी कर्मचारी माग

बागमती प्रदेशको लोक सेवा आयोगले अहिलेसम्मकै सबैभन्दा बढी सङ्ख्यामा कर्मचारी माग गर्दैछ ।

बागमती प्रदेश सरकारका मन्त्रालय र बागमती प्रदेशका स्थानीय तहहरुको मागको आधारमा प्रदेश लोक सेवा आयोग बागमती प्रदेशले अहिलेसम्मकै सर्वाधिक सङ्ख्यामा कर्मचारी मागसहित विज्ञापन गर्ने भएको हो ।

प्रदेश सरकारका मन्त्रालय र बागमती प्रदेशका स्थानीय तहका विभिन्न सेवा र समूहमा गरी एक हजार ११३ जना कर्मचारीका लागि विज्ञापन गरिने भएको हो ।

आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठले नेपालको लोक सेवा आयोगकै इतिहासमा सर्वाधिक सङ्ख्यामा रिक्त दरबन्दीमा कर्मचारी पदपूर्तिका लागि विज्ञापन माग गर्न लागेको जानकारी दिनुभयो ।

उहाँले यति धेरै सङ्ख्यामा लोक सेवा आयोगले पहिलो पटक कर्मचारी पदपूर्तिका लागि विज्ञापन गर्न लागेको बताउनुभयो । 

प्राविधिक, अप्राविधिक र स्वास्थ्य समूहका पाँचौँ तहका कर्मचारी पदपूर्तिका लागि विज्ञापन गरिने भएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?