१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

अयोध्याको राम मन्दिरको आज प्राणप्रतिष्ठा



भारतको अयोध्यामा मर्यादा पुरुषोत्तम श्रीरामको मूर्ति प्राणप्रतिष्ठा आज सोमबार हुँदैछ। हिन्दु धर्मशास्त्रको ज्योतिष गणना विधिअनुसार त्रेतायुगको अन्त्यतिर भगवान् श्रीरामको जन्म भएको हो।

धर्मपरायण सूर्यवंशी राजाहरूको कुलमा राजा दशरथका पुत्रका रूपमा साक्षात् भगवान्ले राम अवतार लिएका थिए। पृथ्वीमा अन्यायी र पापी राजाहरूलाई समाप्त गरी धर्मस्थापना गरेका कुराहरू विभिन्न कालखण्डमा रचना गरिएका रामायणहरूमा वर्णन पाइन्छ। रामायणजस्ता काव्य धर्मिताको मर्यादामा रहेर लेखिएका ग्रन्थहरूलाई आधा लिँदा लगभग ९ लाख ५० हजार वर्ष श्रीरामको जन्म भएको थियो। पहिले भारतको सरयु नदीछेउमा रहेको अयोध्यामा जन्म भएको थियो। यसरी अयोध्या क्षेत्रलाई सनातनी हिन्दुहरूले मोक्ष दिने पुण्य क्षेत्रका रूपमा लिँदै आएका छन्। 

रामायण कथाअनुसार अवध क्षेत्रमा सूर्यवंशी रघुकुलले आफ्नो कुलीन परम्पराका रूपमा राज्य व्यवस्था सञ्चालन गर्न थाले। त्यस समयदेखि प्रजालाई उचित न्याय प्राप्त थियो। राजा र राजनीति आफैं न्यायपरायण भएपछि प्रजामा देशभक्ति इमान्दारिता कर्तव्यनिष्ठा आदि स्वतः हुने नै भयो। र, रघुकुलमा राज्यको न्यायप्रणाली अति उत्तम रहेको थियो। त्यसबेला अवधको राज्यसीमा धेरै ठूलो थिएन। अवधभरिका प्रजा अति सुखी त थिए। तर सत्ययुगमा स्थापित भारतवर्षका सम्पूर्ण क्षेत्रहरूका प्रजा अवधझै सुखी र खुसी थिएनन्। विद्वानहरू पनि विद्याको दुरुपयोग गरेर कमजोरलाई शोषण गर्दथे। सामन्तहरू प्रजाबाट लिएको करको व्यक्तिगत भोगविलास र सुखसयलका लागि उपयोग गर्दथे।

शक्तिशाली पुरुष र राजाहरू स्त्री धन, मद, मदिरा आदिमा आशक्त थिए। धर्मको बाटोमा हिँड्ने ऋषिमुनिहरूलाई पनि कुत्सित विचार भएका मानिसहरूले दुःख दिइरहन्थे। यज्ञ यागादीको अपव्याख्या गरेर प्रबुद्धहरू धनसंग्रह गर्नका लागि यज्ञ गर्ने गर्दथे। प्राणीमा धर्मको भावना समाप्त भइसकेको अवस्था थियो। यसैबेला अवधको अयोध्यामा राजा दशरथको घरमा मर्यादा पुरुषोत्तमका रूपमा श्रीरामको जन्म भएको हो।


प्रतिक्रिया दिनुहोस !