१७ बैशाख २०८१, सोमबार
 |   Mon Apr 29 2024
Logo

एलीना भन्छिन्– पोखराको स्टेज कार्यक्रममा ममाथि दुर्व्यवहार भयो 



गायिका एलीना चौहानले आफूलाई स्टेज कार्यक्रममा जबरजस्ती गीत गाउन लगाइएको बताएकी छन् । केही समय अगाडि पोखरामा भएको कार्यक्रममा आफूलाई आयोजकले जबरजस्ती गाउन लगाएको उनले जानकारी दिएकी छन् । 

कलाकारहरूले हरेक पाइलामा अपमान सहनु परेको तर त्यसलाई सञ्चारमाध्यमले नदेख्ने गरेको उनको भनाइ छ । कलाकारका प्रेम प्रसंगको समाचार बजाउने पत्रकारले कलाकारका दुःख भने नदेख्ने गरेको उनको गुनासो छ । 

“अस्ति भर्खरै पोखराको एक कार्यक्रममा मलाई बोलाएर अर्को कार्यक्रममा जबरजस्ती जा भनियो । उहाँहरूले चाहेसम्म गाउन निर्देश गरियो,” एलीना सामाजिक सञ्जाल फेसबुकमा लेख्छिन्, “हाम्रै संगीत क्षेत्रको अभिभावकले । अर्को एक कार्यक्रममा कार्यक्रम सकिएपछि स्टेजमै मदिराले टिल्ल भएका स्वयंसेवक आएर मलाई दुर्व्यवहार गर्न खोजे । मैले त्यसको प्रतिकार गरेँ । यो आयोजकको गल्ती हैन र ? यस्ता कुरामा सजग हुने पर्ने हैन र ?”

यस्ता विषयमा सञ्चारकर्मीले कलम चलाउनुपर्नेमा उनको जोड छ । 


प्रतिक्रिया दिनुहोस !