१७ बैशाख २०८१, सोमबार
 |   Mon Apr 29 2024
Logo

‘द पोएट आइडल’को जजमा केकी अधिकारी अनुबन्धित



टेलिभिजन रियालिटी शो ‘द पोएट आइडल’ सिजन २ को जजमा अभिनेत्री केकी अधिकारीको प्रवेश भएको छ । पहिलो सिजनकी जज सुरक्षा पन्तको ठाउँमा केकी अनुबन्धित भएको निर्देशक अमनप्रताप अधिकारीले जानकारी दिए ।

अन्य तीन जजहरु उपेन्द्र सुब्बा, अनुप बराल र विप्लव प्रतीक दोस्रो सिजनमा पनि निरन्तर हुनेछन् । केकी र निर्माताबीच औपचारिक सहमति भएको छ ।

यो शोको दोस्रो सिजन माघ २२ गतेदेखि हिमालय टिभीमा प्रसारण हुँदैछ । प्रत्येक सोमबार र मंगलबार राति ९ बजे दर्शकले हिमालय टिभीमा ‘द पोएट आइडल’ हेर्न पाउनेछन् । यसपटक अडिसन राउण्डबाट १४ जना प्रतिस्पर्धी छनोट भएका छन् ।

दोस्रो सिजनमा कुल ३१ एपिसोड हुनेछ । फिनाले जेठमा गर्ने तयारी छ । शोलाई अभिनेता दिव्यदेवले होस्ट गर्नेछन् । उनी पहिलो सिजनमा पनि होस्टको रुपमा थिए । पहिलो सिजनमा सिक्किमकी कवयत्री निलम गुरुङ विजेता बनेकी थिइन् ।


प्रतिक्रिया दिनुहोस !