१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

अख्तियारद्वारा सुनिल पौडेल र विकल पौडेल पक्राउ



अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालको प्रविधि क्षेत्रका डन मानिएका सुनिल पौडेल र विकल पौडेललाई पक्राउ गरेको छ ।

पक्राउ परेका सुनिल नेपाल टेलिकमका पूर्वप्रवन्ध निर्देशक हुन । उनीविरुद्ध भ्रष्टाचार मुद्धा परेपछि निलम्बनमा परेका थिए । यस्तै विकल सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक हुन । यी दुवै जनामाथि यस नै भ्रष्टाचार मुद्दा दायर भइसकेको छ । नेपालको प्रविधिको अधिकांश स्थानमा यिनै पौडेलहरुले एक छत्र राज गर्दै आइरहेका थिए । सुनिल पौडैलसहित पेमेन्ट गेटवेमा २३ करोड २७ लाख र विकल पौडेल सेक्युरिटी प्रिन्टिङ प्रेसमा ७० करोड मागदावी गर्दै अख्तियारले यस अघि नै विशेष अदालतमा मुद्धा दायर गरिसकेको छ ।

गैरकानूनी सम्पत्तिआर्जनको अनुसन्धानको सिलसिलामा बयानका लागि बोलाउँदा उपस्थित नभएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विकल पौडेल र सुनिल पौडेललाई पक्राउ गरेको हो ।

आयोगले पौडेलद्धयलाई वानेश्वर क्षेत्रबाट नियन्त्रणमा लिएर अख्तियारको हिरासतमा राखेको र भोलि नै विशेष अदालतमा लैजाने तयारी भइरहेको आयोगले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !