१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

कोसीमा गठबन्धनका तीन सांसदले एमालेलाई मतदान गरेको खुलासा



विराटनगर । कोसीमा सत्ता गठबन्धनका तीन सांसदले एमाले उमेदवारलाई मतदान गरेको खुलेको छ । नेकपा एमालेकी उमेदवार भन्दा गठबन्धनकी उमेदवार पछि परेपछि तीन प्रदेश सभा सदस्यले एमाले उमेदवारलाई मतदान गरेको खुलेको हो ।

प्रदेशसभा तर्फको गणनामा गठबन्धनकी उमेदवार माओवादी केन्द्रकी चम्पा कार्की एमाले उमेदवारभन्दा पछि परेकी छन् । उनलाई एमालेकी रुक्मिणी कोइरालाले पछि पारेकी हुन् ।स्थानीय तहका प्रमुख र उपप्रमुखको् मतभार गणना बाँकी रहेकाले पूर्ण विवरण भने केहीबेरपछि सार्वजनिक हुँदैछ ।


प्रतिक्रिया दिनुहोस !