१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

धनी बन्ने ५ तरिका, करोडपति बन्ने भए यी १० गल्ती नगर्नुस



मनग्गे पैसा कमाउने तथा धनी बन्ने चाहना कसको नहोला र १ तर, पैसा कमाउने कुरा कुनै जादूजस्तो होइन, यसका मिहेनत, चलाखी र हिम्मत देखाउनु पर्छ । पूरानो नेपाली भनाई छ, पैसा अफ्ठ्यारोमा फल्छ ।

तर, पैसा कमाएकाहरु भन्छन्, ‘टिप्न जान्नु पर्छ, हावामा पनि पैसा छ ।’ हो यी दुबै भनाईमा सत्यता छ, तर आजको युगमा हावामा उडिरहेको पैसा टिप्ने होडबाजी चल्दैछ ।

विश्वास गर्नुस्, पैसा कमाउनेहरु सबैले भाग्यकोमात्रै सहारा लिएका होइनन्, उनीहरुले त्यही अनुसारको कर्म गरेका छन् । तपाईं पनि भाग्यलाई कर्ममा बदल्न चाहनुहुन्छ भने, यी ५ वटा कुरा आजैबाट लागु गर्नुस् ।

आफ्नो लक्ष्य निर्धारण गर्नुस्, त्यसमा केन्द्रित हुनुस् : सफल व्यक्ति बन्नका लागि सबैभन्दा जरुरी कुरा भनेको क्षमता अनुसारको लक्ष्य निर्धारण नै हो । लक्ष्य निर्धारण गरेपछि योजनावद्धरुपमा त्यस दिशामा केन्द्रित हुनुस् ।

केही समयपछि नै तपाईं आफ्नो खुट्टामा खडा भएको महसुस गर्न थाल्नुहुनेछ । एक रिपोर्टले भन्छ, डण् प्रतिशत अरबपतिहरु तिमध्ये हुन्, जसले एकमात्रै लक्ष्य निर्धारण गरेर त्यसलाई पूरा गर्नका लागि अथक मिहेनत गरेका छन् ।

धेरै पढ्नुस्, टिभी कम हेर्नुस्: धनी बन्न चाहनुहुन्छ भने अध्ययन गर्ने बानी बसाल्नु धेरै जरुरी छ । अध्ययनबाट तपाईं जुन कुरा सिक्नुहुन्छ, त्यो जिन्दगीमा हमेशा काम आउनेछ ।

फुर्सदको समयमा तपाईंको लक्ष्यलाई हासिल गर्न सघाउने खालका पुस्तकहरु खोजेर पढ्ने गर्नुस्, तपाईंले सफलताको शिखरमा पुग्ने धेरै बाटो पहिल्याउनु हुनेछ । टिभी हेर्ने तथा सामाजिक सञ्जालहरुमा भूल्ने आदतलाई कम गरेकै राम्रो ।

भाग्य आफैं बदल्छु भन्ने कुरामा विश्वास राख्नुस्: ज्यादातर मानिसहरु यस्ता हुन्छन्, जो हरेक काम भाग्यको भरोसामा छोडिदिन्छन् । तर, धनाढ्यहरुको कुरा सुन्नुहुन्छ, उनीहरु भाग्यकोमात्रै भरोसामा नभएर कर्मको बलमा आजको अवस्थामा छन् । भाग्य सबैको हुन्छ, कर्म गर्नेहरुले भाग्यलाई सफलतामा बदल्छन्, भाग्यकै भरोसामा बस्नेहरु अभागी ठहरिन्छन् ।

बचतसँगै लगानीको बानी बसाल्नुस्: प्रायले आफ्नो कमाईको एक हिस्सा फजूल खर्चमा उडाइरहेका हुन्छन् । यदि छिट्टै धनी बन्न चाहनुहुन्छ भने आफ्नो आदत आजैदेखि बदल्नुस् । हर महिना आफ्नो कमाईको २० प्रतिशत हिस्सामात्रै भएपनि बचाउनुस् । त्यसलाई ज्यादा नाफा आउने स्कीममा लगानी गर्नुस् । आज बचत गरेर भोली नै लगानी गर्नुपर्छ भन्ने होइन, सुरुमा बचतको आदत बसाउनुस्, त्यसपछि विस्तारै लगानीको आँट आउनेछ ।

मौका गुम्न नदिनुस्: भनिन्छ हरेक मानिसको ढोकामा एक न एक पटक अवसले ढक्ढक्याउँछ । त्यसलाई चिन्नेहरुले अवसरलाई सफलतामा बदल्छन्, नचिन्नेहरु ढोका बन्द गरेर निदाउँछन् । जसले अवसरलाई चिन्छ र त्यसलाई सदुपयोग गर्छ, उसैले सफलताको सिंढी चढ्नेछ ।

यदि तपाईंमा पनि करोडपति बन्ने सपना छ भने यी १० गल्ती गर्नबाट जोगिने गर्नुहोस् । 

एउटै चिजमा बढी समय: यदि तपाईं कुनै विजिनेश सुरु गर्न गइरहनुभएको छ भने एउटै चिजमा समय खेर फालेर त्यसलाई मात्र उत्कृष्ट बनाउँछु भनेर भेंडो तालले नलाग्नुहोस् । तपाईं एउटै चिजमा पछि लागिरहँदा तपाईंको प्रतिस्पर्धी बाँकी अन्य चिजमा निकै अगाडि बढिसकेको हुन्छ, अनि तपाई चाहि त्यही चिजको वरिपरि घुमिरहनुभएको हुन्छ ।

धेरै परफेक्ट हुने चाहनामा कयौ समय तपाई अनुसन्धान नै गर्न चाहनुहुन्न । कुनै पनि बिषय र त्यसको संभावनामाथि अनुसन्धान नगर्नु तपाईलाई भारी पर्न सक्छ । कुनै पनि चिजमा धेरै नाफा चाहिन्छ भने उति नै अनुसन्धान र खोज गर्नुहोस् । 

आवश्यकतालाई असीमित बनाउनु: कतिपय समय यस्तो देखिन्छ कि तपाई आफूसँग भएको सबै पैसा एउटै चिज र एउटै समयमा दिल खोलेर खर्च गर्नुहुन्छ । तर यो ठूलो गल्ती हो ।

विश्वका धनी भन्दा धनी व्यक्ति खर्च गर्नुभन्दा अगाडि धेरै सोचविचार गर्छन । उनीहरु आवश्यकताको हिसाबले मात्र खर्च गर्छन । वारेन वफेट जस्ता सफल व्यक्तिहरु समेत आफ्नो खर्चलाई सीमित बनाएर चलिरहेका हुन्छन् । जस्तो स् महंगो गाडी, मोवाइल, घर वा यस्तै चिज खरीदको चक्करमा धेरै खर्च गर्ने गल्तीबाट बच्नुपर्छ । 

अवास्तविक बन्नु: कयौं पटक हामी अवास्तविक चिजको पछि कुदिरहेका हुन्छौ । यथार्थ भन्दा निकै टाढाको बिषय दिमागमा खेलाइरहेका हुन्छौ । यस्तै सोंच हाम्रो नोक्सानीको कारण बनिदिन सक्छ ।

यसकारण सधैं यथार्थ र संभव चिज मात्र सोच्नुहोस् । कुनै पनि व्यक्ति रातारात धनी बन्दैन, यसका लागि लामो समयको रणनीति बनाउनुहोस् र सोही अनुसार सोच्ने गर्नुहोस् । तपाईभित्र जति क्षमता छ, त्यसको पहिचान गरी त्यही हिसाबले काम गर्नुहोस्, अति महत्वकांक्षी बने त्यसले तपाईंलाई डूबाइदिन सक्छ । 

आँखा चिम्लिएर अरुलाई पछ्याउनु: प्राय यस्तो देख्ने गरिन्छ कि हामीलाई अरुको कुरा जब निकै मनपर्छ भने आँखा चिम्लिएर त्यसको पछि कुद्छौ । मानिस जे भन्छन् हामी त्यसको बिषयमा तुरुन्तै सोच्न सुरु गरिदिन्छौ ।

तर यसो गर्नु बिल्कुल सही होइन । अरुको कुरा जरुर सुन्नुहोस्, तर त्यसमा आफ्नो दिमाग चलाउने गर्नुहोस् । विचार गर्नुहोस् कि उसले जे भनिरहेको छ त्यो सही हो या गलत । त्यसपछि मात्र कसरी अगाडि बढ्ने भन्ने आफूले निर्णय लिनुहोस् । 

प्लाष्टिक मनीमा विश्वास: तपाईसँग जति नगद छ, त्यसैमा मात्र भरोसा राख्नुहोस् । याद राख्नुहोस् कि क्रेडिट कार्ड वा यस्तै कुनै प्लाष्टिक मनीले तपाईंको समस्या बढाइदिन सक्छ । यदि तपाईलाई क्रेडिट कार्डबाट खर्च गर्ने आदत बसेको छ भने बाँकी समय त्यसैको ऋण वा किस्ता तिर्दैमा ठीक्क हुन्छ । यस्तो अवस्थामा तपाईं भविष्यको बिषयमा सोच्न सक्नुहुन्न । 

छोटो रणनीति बनाउनु: कतिपय समयमा तपाईंलाई लाग्नसक्छ कि मेरो यो आइडियाको प्रयोगबाट तुरुन्तै पैसा कमाउन सकिन्छ, तर यो यथार्थ होइन वा हुन्न । तपाईं यति जान्नुहोस् कि छोटो अवधिको सफलता कहिलेकाही प्राप्त होला, तर त्यो दिगो वा दरिलो हुँदैन । यसकारण सधैं लामो समय सोचेरै दीर्घकालीन रणनीतिका साथ गलितो योजना बनाएर व्यापार थाल्नुहोस् । 

नकारात्मक मानिससँग समय बर्बाद गर्नु: धनी मानिस आफ्नो महत्वपूर्ण समय गलत मानसिकता भएका मानिससँग बिताउदैनन् वा त्यस्ता मानिसको संगतमा खेर फाल्दैनन् । गलत र नकारात्मक सोंच भएको मानिससँगको संगतका कारण ऊभित्रको नकारात्मकताले तपाईंको मन मस्तिष्कमा पनि घर गर्न सक्छ ।

नकारात्मक मानिस तपाईलाई सधै नकारात्मक कुरा मात्र गरिदिन्छन् । भनिन्छ कि वातावरण वा संगतको असर स्वभाविक रुपमा हामीमाथि पनि पर्छ । यसकारण यस्तो भीडबाट सधैं टाढा रहनु उत्तम हुन्छ । 

आफूप्रतिको अति भरोसा: कतिपय मानिस सोच्छन् कि म जे गरिरहेको छु, त्यो एकदम ठीक हो, यसमा कुनै शंका नै छैन । कहिलेकाही आफूप्रति ज्यादै भरोसा वा अति विश्वास पनि ज्यादै खतरनाक हुनसक्छ । एकै व्यक्तिमा सबै खालको क्षमता हुँदैन । यसकारण टिम वर्कमाथि विश्वास गर्नुहोस् । 

सही समयमा सही निर्णय नलिनु: हरेक मानिसको समय एकै खालको हुँदैन । तर सफल मानिसहरु समयलाई चिन्दछन् र सोही अनुसार उचित निर्णय लिन खप्पीस हुन्छन् । यस्तै असफल व्यक्ति सही निर्णय सही समयमा लिनबाट चुक्छन् ।

अनि ढिलो गरी आँखा खुलेपछि समयलाई दोष दिनतिर लाग्छन्, यो प्रवृति गलत हो । त्यसकारण सही समयको पहिचान गर्न सिक्नु महत्वपूर्ण हुन्छ । 

आफूमाथि विश्वास नराख्नु : कतिपय अवस्थामा समय तपाईको प्रतिकूल भइरहेको हुनसक्छ, यस्तो बेलामा अत्तालिनु हुँदैन । समस्याले पिरोलेको बेला आफूमाथि भरोसा राख्नु निकै महत्वपूर्ण हुन्छ । तर समस्याले थिचेपछि मानिस आफ्नो विश्वास नै डगमगिन दिन्छ र नोक्सान व्यहोर्छ । त्यसकारण सधैं आफूमाथि सबैभन्दा बढी विश्वास गर्नुहोस् । 


प्रतिक्रिया दिनुहोस !