१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

ललितपुरमा जर्मन महिला मृत फेला, ‘फरेन्सिक’ टोली पनि घटनास्थल पुग्यो



काठमाडौं । ललितपुरमा एक जर्मन नागरिक सोमबार मृत फेला परेकी छन् । ललितपुरकै मंगलबजारस्थित कनिबहालमा बस्दै आएकी जर्मन नागरिक एडिइलएचइडी मृत फेला परेकी हुन् । राजभाइ बज्राचार्यको ग्रीनतारा हेरिटेज होम एन्ड अपार्टमेन्टमा उनी मृत अवस्थामा फेला परेको ललितपुर प्रहरीका एसपी नवराज कार्कीले जानकारी दिए ।

उनी दुई वर्षदेखि सो हेरिटेजमा बस्दै आएको खुलेको छ । उनको टाउकामा चोट देखिएको छ । टाउकामा चोट देखिएपछि अनुसन्धानका निम्ति प्रहरीले ‘फरेन्सिक’ टोलीलाई समेत बोलाएको छ । टोली घटनास्थलमा पुगेको छ ।


प्रतिक्रिया दिनुहोस !