१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

सुदूरपश्चिमका सामाजिक विकास मन्त्री साउदविरूद्ध प्रहरीमा उजुरी



धनगढी । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपटबहादुर साँउदबाट असुरक्षा भएको भन्दै प्रहरीमा उजुरी परेको छ । बझाङको बुंगल नगरपालिका–१ का धनबहादुर बोहराले मन्त्री साँउदले ज्यान मार्ने धम्की दिएको भन्दै सोमबार जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दले, साँउदले आफूलाई ज्यानको धम्की दिएको भन्दै बोहराले उजुरी दिएको जानकारी दिए । उनका अनुसार बोहराले साउदलाई विभिन्न मितिमा पैसा दिएको तर फिर्ता माग्दा उल्टै ज्यान मार्ने धम्की दिएको उल्लेख गरेका छन् ।

मन्त्री साउँदले भने आफूविरूद्व बोहराले उजुरी दिएको विषयमा जानकारी नभएको बताए । त्यसबारे बुझिरहेको बताउँदै साउँदले उनीसँग कुनै लेनदेन नभएको बताए । उनले आफूले धम्की दिएको कुरा सत्य नभएको बताए ।


प्रतिक्रिया दिनुहोस !