Saturday, January 18, 2025

ट्रेन्डिङ :

आफ्नै बुवाको हत्या आरोपमा छोरा पक्राउ

spot_img
spot_img
spot_img

काठमाडौं । सुनसरीमा एक व्यक्तिको हत्या आरोपमा उनकै छोरा पक्राउ परेका छन् । पक्राउ पर्नेमा इनरुवा नगरपालिका–८, गणेशपुर रिसिदेव टोलका २१ वर्षीय चिबु रिसिदेव छन् । आफ्नै बुवा ७० वर्षीय चिकचिलिया रिसिदेवको हत्या गरेको आरोपमा सोमबार साँझ उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, घरायसी लेनदेनको विषयका क्रममा चिबुले यही माघ ११ गते दिउँसो कुटपिट गर्दा चिकचिलिया गम्भीर घाइते भएका थिए । विराटनगरस्थित कोसी अस्पतालमा उपचारका क्रममा सोमबार साँझ उनको मृत्यु भएको प्रहरीले जनाएको छ । चिबुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?