११ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 23 2024
Logo

प्रधानसेनापति थापा सेल्फ क्वारेन्टाइनमा



काठमाडौँ — नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा आइतबारबाट सेल्फ क्वारेन्टाइनमा बसेका छन् ।

उनको निवासको भान्छामा कार्यरत एकजनामा शनिबार कोरोना संक्रमण पुष्टि भएपछि प्रधानसेनापति थापा सेल्फ क्वारेन्टाइनमा बसेका सैनिक जनसम्पर्क निर्देशनालयले विज्ञप्ति जारी गरेर जानकारी दिएको छ ।

प्रधानसेनापति थापाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य निर्देशिका र मापदण्डअनुसार स्वास्थ्य सुरक्षा सजगता अपनाउँदै आफूलाई सेल्फ क्वारेन्टाइन गरेको आइतबार नेपाली सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस !