Saturday, February 8, 2025

ट्रेन्डिङ :

स्कटल्यान्डमा भएको आगलागीमा पोखरा घर भएका दिदी र बहिनीको मृत्यु

spot_img
spot_img
spot_img

काठमाडौं । पोखरा घर भई स्कटल्यान्डको एबर्डिनमा बस्दै आएका दुई नेपाली दिदीबहिनीको आगलागीमा परेर मृत्यु भएको छ। एबर्डिनको ब्याक हिल्टन रोडमा बस्दै आएका करिब २८ वर्षकी आँचल सुवेदी र २४ वर्षकी शिक्षा सुवेदीको सोमबार साँझ भएको आगलागीमा परेर मृत्‍यु भएको एनआरएनए युकेका अध्यक्ष प्रेम गाहा मगरले जानकारी दिएका छन्।

स्रोतका अनुसार उनीहरु पोखरा युनिभर्सिटीका पूर्व प्राध्यापक डा।यज्ञप्रसाद सुवेदीका छोरी हुन्। मृतकमध्ये दिदी आँचल इन्जिनियर थिइन् भने बहिनी शिक्षा आइटी अध्ययन थिइन्। एबर्डिनस्थित नेप्लिज हिमालयन एशोसिएसन स्कटल्यान्डका अध्यक्ष डा। शिव तिवारीका अनुसार एउटै बिल्डिङको तल्लो फ्ल्याटमा आगो लागेपछि दोस्रो तल्लामा रहेका उनीहरु आत्तिँदै भुईंतलामा झर्ने क्रममा धुवाको मुस्लोमा परेर निस्सासिएर घटनास्थलमै मृत्यु भएको हो।

मृतक दिदीबहिनीको दाहसंस्कार आउँदो आगामी मंगलबार गर्ने तयारी परिवारजनले गरेका छन्। सोही घटनामा आगलागीमा परेर निस्सासिएका अन्य ५ जनालाई प्रहरीले उद्धार गरेको थियो।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?