१६ बैशाख २०८१, आईतवार
 |   Sun Apr 28 2024
Logo

अपराध गर्ने नेतालाई समात्यो कि सधैं दबाब आईहाल्छ : गृहमन्त्री श्रेष्ठ



पोखरा । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अपराध गर्नेहरूलाई समात्दा दबाब आउने गरेको बताएका छन् । अपराध गर्ने नेतालाई समात्दा हाम्रो नेतालाई समात्न पाइँदैन, कर्मचारीलाई समात्दा कर्मचारीलाई यसो गर्न पाइँदैन भन्ने वक्तव्य आउने गरेको उनले बताए ।

बिहीबार मात्रै केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले सरकारी जग्गा हिनामिना प्रकरणमा अरुण चौधरी र अजितनारायणसिंह थापालाई पक्राउ गरेको थियो । त्यसै प्रसंगमा बोल्दै गृहमन्त्री श्रेष्ठले भने, “अपराध गर्ने नेतालाई समात्यो हाम्रो नेता हो भन्छन् । कर्मचारीलाई पक्रियो कर्मचारीले आवाज निकाल्न थाल्छन्, त्यसो गर्न भएननी भनेर । उद्योगी व्यवसायी पनि अपराध गर्छन् र कारबाही गर्न थाल्यो भने वक्तव्यबाजी सुरु हुन्छ, दबाब सुरु हुन्छ, उद्योग व्यवसायीलाई यसो गर्न भएननी हामीले कर तिरेका छौँ, अर्थतन्त्र धानेका छौँ भन्छन् । हामीले भनेकै छौँ त निजी क्षेत्रको सहयोगबिना नेपालको अर्थतन्त्रलाई सकारात्मक दिशामा लैजान सकिन्न । तर, कसैलाई पनि राज्यलाई लुट्ने छुट दिन सकिन्न ।”

पोखरामा सुरू गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै नेता, कर्मचारी उद्योगी जो भएपछि गल्ती गर्नेलाई सरकारले कारबाही गर्ने प्रतिबद्धता जनाए ।
उनले पहुँचको आधारमा राज्यलाई लुट्ने छुट कसैलाई नहुने बताए । वर्तमान सरकार सुशासनको पक्षमा रहेकाले कसैको दबाबमा नपर्ने उनको दाबी छ ।


प्रतिक्रिया दिनुहोस !