१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

भाजपालाई लगाएको आरोपको प्रमाण माग्दै दिल्ली पुलिसको टिम केजरीवालको घरमा



भारतीय मिडियाका अनुसार, दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको घरमा दिल्ली प्रहरीको एक टिम पुग्यो । केजरीवालले सत्तारुढ भारतीय जनता पार्टीले आम आदमी पार्टीका विधायक किन्ने प्रयास गरेको आरोप लगाएका थिए । यसै विषयमा प्रहरी अधिकारी केजरीवाललाई नोटिस दिन उनको घरमा पुगेका हुन् । रिपोर्टअनुसार, प्रहरीले उनलाई आरोपको प्रमाण पेस गर्न भनेको छ । 

उता चण्डीगढ मेयर चुनावलाई लिएर शुक्रबार आम आदमी पार्टीले भाजपाको दिल्ली मुख्यालयमा प्रदर्शन गर्‍यो । 

प्रर्दशनभन्दा अगाडि दिल्ली प्रहरले आप हरियाणाका अध्यक्षलाई हिरासतमा लियो । आफ्ना कार्यकर्तालाई बिनाकारण गिरफ्तार गरिएको आरोप आम आदमी पार्टीले लगाएको छ । 


प्रतिक्रिया दिनुहोस !