१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

अर्घाखाँचीमा जीप दुर्घटना, २ जनाको मृत्यु



अर्घाखाँचीको भूमिकास्थान-२ को उपल्लो ढाकाबाङस्थित थापाडाँडामा लु१ज १६७९ नम्बरको जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुईजना गम्भीर घाइते भएका छन् ।

वडाध्यक्ष भाेजराज खनालकाअनुसार भूमिकास्थान-२ मुलटंकीका देवा बेल्वासे र सन्धिखर्क ८ छापडाँहडाका डेमकला बेल्वासेकाे मृत्यु भएको हो । घाइते पाणिनि गाउँपालिका-१ कपिला खनाल पोख्रेल र सर्मिक पोख्रेलकाे अर्घाखाँची अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरी नायव उपरीक्षक प्रतितसिंह राठौरले शनिबार बिहान करिब ६:३० बजेतिर ढाकाबाङबाट सन्धिखर्क जाँदै गरेको जिप चालकले बीच बाटोमा न्यूट्रलमा छाडेर पसलमा गएको बेला दुर्घटना भएको हो । जीप करिब दुई सय मिटर तल झरेको उनले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !