१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

सम्पति शुद्धीकरणसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित



काठमाडौं । सम्पति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० प्रतिनिधिसभाबाट पारित भएको छ । आजको प्रतिनिधिसभाको बैठकले विधेयक पारित गरेको हो । यो विधेयक संसद्को पहिलो अधिवेशनमा पेस भएको थियो । विधेयकमाथि प्रतिनिधिसभाको कानुन समितिमा दफाबार छलफल भएको थियो । समितिले गएको असोज २४ गते ९ बुँदे प्रतिवेदनसहित पारित गरेको थियो । असोज २५ गते प्रतिवेदसहित प्रतिनिधिसभामा पेस गरेको थियो । आजको बैठकले विधेयक पास गर्दै समितिको प्रतिवेदनलाई विधेयकको अंग बनाएको छ ।


प्रतिक्रिया दिनुहोस !