१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

चैतअघि नै प्रहरी समायोजन हुने प्रधानमन्त्रीको प्रतिवद्धता छ : मुख्यमन्त्री कार्की



काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले चैत्रअघि नै प्रदेशले प्रहरी समायोजनको अधिकार पाउने बताएका छन् । बुधबार सिंहदरबारमा बसेको राष्ट्रिय समन्वय परिषद्को बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश मुख्यमन्त्रीसँग परिषद्को तेस्रो बैठकमा प्रहरी समायोजन, निजामती कर्मचारी सेवा ऐन, विद्युत ऐन लगायतका प्रदेशसँग सम्बन्धित केही अधिकारहरु दिने प्रतिवद्धता गरेको बताए ।

उनले भने, ‘फागुन मसान्तसम्म सझुाव दिने र चैत्र भित्रै तेस्रो बैठक बस्ने सहमति भयो । त्यो बेलासम्म प्रदेशले पाउनुपर्ने अधिकार दिएरै हामी बस्छौँ भनेर प्रधानमन्त्रीले प्रतिवद्धता जनाउनुभएको छ । जस्तो प्रहरी समायोजन, निजामती कर्मचारी सेवा ऐन, विद्युत ऐन लागयत केही ऐनहरु संसदबाट पारित गरी कार्यान्वयनमै जाने गरी अघि बढ्छौं भन्नुभएको छ ।’ उनले परिषद्को तेस्रो बैठक प्रदेशलाई केही अधिकार दिएर मात्रै बस्ने प्रधानमन्त्रीको प्रतिवद्धता रहेको उनको भनाइ थियो ।


प्रतिक्रिया दिनुहोस !