१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

ज्वाइँ र जेठानले युरोप पठाउँछु भनेर ६३ लाख रुपैयाँ ठगे



काठमाडौँ । ‘युरोप पठाउँछु’ भनेर दुई जना युवकले ६३ लाख रुपैयाँ ठगेका छन् । ५५ जनासँग ६३ लाख ठगेको आरोपमा दुई जनालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी (एसपी) मिलन केसीले जानकारी दिए । पक्राउ पर्नेमा सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर–३ घर भएर ललितपुर बस्ने ३५ वर्षीय रामेश्वर सिंह र धनुषाको मिथिला नगरपालिका–१० घर भएर ललितपुर बस्ने राम सेवक सिंह छन् । रामेश्वरका बहिनी ज्वाइँ हुन्, २७ वर्षीय राम सेवक सिंह । ज्वाइँ र जेठान मिलेर लामो समयदेखि ठगीधन्दा चलाएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

आफूलाई सरोज यादव र नागेन्द्र यादव भनेर चिनाउने रामेश्वरले अर्काको नामको नागरिकतामा ज्वाइँ राम सेवक सिंहको फोटो टाँसेर ठगी धन्दा चलाएको अनुसन्धानमा संलग्न एक जना प्रहरी अधिकृतले बताए । उनीहरुले सरोज यादव र नागेन्द्र यादवको नागरिकता दुरुपयोग गरेको भेटिएको छ । सो नागरिकताबाट बैंक खाता संचालन गरेर कन्सल्टेन्सी समेत स्थापना गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।


प्रतिक्रिया दिनुहोस !