Thursday, December 5, 2024
spot_img

ट्रेन्डिङ :

पूर्व डीआईजी जोशीको घरमा प्रहरीको छापा, सूर्यदर्शन सहकारीको सर्भर बरामद

spot_img
spot_img

काठमाडौं। रवि लामिछाने विवादित बनेको सूर्यदर्शन सहकारीको घोटाला प्रकरणमा प्रहरीले पूर्व डीआईजी छविलाल जोशीको घरमा छापा मारेको छ। बुधवार साँझ शंखमुलस्थित जोशीको घरमा प्रहरीको टोलीले सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि प्रमाण संकलन गर्न छापा मारेको थियो। त्यस घरमा नेचर हब इन्टर नेसनल प्रालीको अफिस थियो। फरार रहेका ग्यालेक्सी टेलिभिजन तथा सुदर्शन सहकारीका सञ्चालक गितेन्द्रबाबु राईका व्यावसायिक साझेदार हुन्, जोशी ।

प्रहरी स्रोतका अनुसार सुदर्शन सहकारीको सर्भर जोशीको उक्त घरबाट बरामद भएको छ। यता पूर्व डीआईजी जोशीले बुधवार राती नै सामाजिक सञ्जालमार्फत उक्त घर आफ्नो निजी नभएको र व्यावसायिक सम्पत्ति रहेको दाबी गरेका छन्। सहकारी ठगी प्रकरणमा सुदर्शन सहकारीका सञ्चालक राईसहित थुप्रै फरार छन्।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?