१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

एकदिवसीय खेलमा कुशल भुर्तेलको आक्रमक सातौं अर्धशतक



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनिङ ब्याटर कुशल भुर्तेलले एकदिवसीय खेलमा सातौं अर्धशतक प्रहार गरेका छन्। बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा क्याडनाविरूद्धको पहिलो एकदिवसीय खेलमा कुशलले अर्धशतक प्रहार गरेका हुन्। टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि उनले ४४ बलमा अर्धशतक पूरा गर्ने क्रममा ८ चौका र १ छक्का प्रहार गरे।

उनका ओपनिङ पार्टनर आसिफ शेख ८ रनमै आउट भए। दशौं ओभरमा आउट भए । त्यस्तै कप्तान रोहित पौडेल पनि ८ रनमै आउट हुँदा नेपालले दोस्रो विकेट गुमाएको छ। नेपालले फागुन पहिलो साता आइसिसी विश्वकप लिग-२ अन्तर्गत नामिबिया र नेदरल्यान्ड्सविरुद्धको सिरिज खेल्नुअघि क्याडनासँग तीन खेलको एकदिवसीय सिरिज खेलेको हो।


प्रतिक्रिया दिनुहोस !