१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

गोठमा आगलागी हुँदा खेलिरहेका ६ वर्षकी बालिका र ३ वर्षीय बालकको मृत्यु



धनगढी । अछाममा आगलागीमा परेर दुई बालबालिकाको मृत्यु भएको छ। जिल्लाको मेल्लेख गाउँपालिका–३ दर्बामा आगलागीमा परेर ६ वर्षीया निरुता बुढा र ३ वर्षीय अंकित बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय अछामका अनुसार बुधबार बेलुका घरनजिकैको गाईभैँसी बाँध्ने गोठमा आगलागी हुँदा खेलिरहेका ती बालबालिकाको मृत्यु भएको हो।

मृतक निरुता स्थानीय झनकरे बुढाकी नातिनी हुन् भने अंकित जगत् बुढाका छोरा हुन्। गोठबाट शव निकालिएको प्रहरीले जनाएको छ। घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक राजेन्द्र साउदले बताए।


प्रतिक्रिया दिनुहोस !