१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

क्यानडाविरुद्ध नेपालको शानदार पुनरागमन, सात रनले विजयी



काठमाडौं । पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल विजयी भएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिएको खेलमा नेपालले क्यानडालाई सात रनले पराजित गरेको हो । जितसँगै नेपालले तीन खेलको शृंखलामा १–० को अग्रता लिएको छ । टस जितेर पहिले ब्याटिङको निर्णय लिएको घरेलु टोली नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर दुई सय २४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको भ्रमणकारी टोली क्यानडाले ४७.५ ओभरमा अलआउट हुनुअघि दुई सय १७ रनमात्र बनाउन सक्यो ।

नेपालका लागि कप्तान रोहितले २२ रन खर्चिएर ४ विकेट तथा ललित राजबंशीले २ विकेट लिए । त्यस्तै आज डेब्यु गरेका रिजन ढकालले १, सोमपाल कामीले १, कुशल मल्लले एक र पवन सरार्फले १ विकेट लिए । सन् २०१८ मा आईसीसीबाट एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता पाएयता नेपालले क्यानडासँग खेलेको यो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता हो । शृंखलाको दोस्रो खेल शनिबार कीर्तिपुरमै खेलिने छ ।


प्रतिक्रिया दिनुहोस !