१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

अतिक्रमण हटाउँदा भारतको हल्द्वानीमा भड्कियो हिंसा, मुख्यमन्त्रीले दिए गोली हान्ने निर्देशन



एजेन्सी । भारतको उत्तराखण्डस्थित हल्द्वानीको बानभुलपुरामा बिहीबार साँझ हिंसा भड्किएको छ। नैनिताल प्रहरीका अनुसार हल्द्वानी थाना क्षेत्रको बानभुलपुरामा पहिल्यै चिह्न लगाइएका ठाउँमा अतिक्रमण हटाउने काम भइरहेका बेला ढुंगामुढा सुरु भएको हो। समुदाय विशेषको ढुंगामुढा र आगजनीका कारण शान्ति सुरक्षा बिग्रिएको र सर्वसाधारणका साथै सरकारी सम्पत्तिमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ।

प्रदेशका मुख्यमन्त्री पुष्करसिंह धामीले दंगा गर्नेलाई गोली हान्न निर्देशन दिइएको बताएका छन्। समाचार एजेन्सी पीटीआईका अनुसार बानभुलपुरामा प्रहरीले अवैध रूपमा बनेका मदरसा भत्काउने काम गरिरहेका बेला स्थानीयले आगजनी र ढुङ्गामुढा गरेका हुन्।


प्रतिक्रिया दिनुहोस !