१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

टोखा नगरपालिकामा सरकारी जग्गा हड्प्नेको बिगबिगी, अवैध संरचना भत्काउने नगरपालिकाको तयारी



काठमाडौं । टोखा नगरपालिकाले सरकारी जग्गामा निर्माण गरिएका संरचना हटाउन १५ दिने अल्टिमेटम दिएको छ । यही मिति २०८०/१०/२२ गते एक सार्वजनिक सूचना जारी गर्दै सरकारी जग्गामा निर्माण गरिएका संरचना पन्ध्र दिनभित्र नहटाए कानुन अनुसार कार्वाही गर्ने नगरपालिकाको सार्वजनिक सूचनामा उल्लेख छ ।

नगरपालिकाको खोला किनार, सडक छेउछाउ, मपदण्ड विपरीत बनेका संरचना नहटाए कानुन अनुसार कारबाही हुने नगरपालिकाले जनाएको छ । टोखा नगरपालिकाले यो भन्दा अघि पनि सरकारी जग्गा खाली गर्न सूचना जारी गरेपनी सरकारी जग्गामा बनेका संरचनाहरु नहटाइएको र यो सूचना जारी भएको पन्ध्र दिनभित्र कसैले अटेरी गरेमा आवश्यक कारबाही थाल्ने नगरपालिकाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !